• १८ असार २०८१, मङ्गलबार

स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन

blog

सांकेतिक तस्बिर

काठमाडौँ, असार १६ गते। काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ। 

नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ। 

जन्म मृत्युबिचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ। 

यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो।