राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो ।
सडक डिभिजन कार्यालय अछामले सडकको पहिरो रोक्न पानीका मुहान व्यवस्थापन गर्न थालेको छ । पानीका कारण साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बाजुराको बुढी गङ्गा नगरपालिका –१ बल्दे अम्कोट सडकमा बर्खाको समय सधैँ पहिरो जाने गरेकोले त्यसलाई रोक्न डिभिजनले मुहान व्यवस्थापन गर्न थालेको हो ।
भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले राससलाई बताउनुभयो ।
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ ।
बौध धर्ममा गौतम बुद्धअघि २७ बुद्ध थिए भन्ने धेरै मानिसलाई थाहा नहुन सक्छ । अझ काठमाडौँ उपत्यकाको नेवार समुदायका बौद्ध धर्ममार्गीले गौतम बुद्धभन्दा दीपङ्कर बुद्धलाई विशेष रूपमा मान्दछन् । जबकि बौद्ध धर्मावलम्बी ‘थेरवाद’ (हीनयान) सम्प्रदाय लुम्बिनीमा सिद्धार्थ गौतम जन्मनुअघि २७ जना बुद्धको वर्णन छ । यद्यपि गौतम बुद्धभन्दाअघि जन्मेका बुद्धको जन्म, थितिमिति, जन्मस्थान र उनीहरू बाँचेको आयु भने काल्पनिक लाग्दछ । गौतम बुद्धअघिका बुद्धको शरीरको लम्बाइ ८८ हात लामो र आयु लाख वर्षसम्म निर्धारण गरिएको छ । बौद्ध धर्मावलम्बी थेरवाद सम्प्रदायको पवित्र ग्रन्थ त्रिपिटकको सुत्तपिटकमा २८ बुद्धको नाम र वर्णन सङ्क्षिप्तमा निम्नानुसार छ :
बास्नाले भोजन प्रणालीमा उच्च महत्व राख्ने तथ्य निर्विवाद छ । मगमग बास्नायुक्त खाद्यपरिकार चौरासी व्यञ्जनको एक गुण हो वा होइन, थाहा छैन तर यसले पाकशास्त्र र पाकमनोविज्ञानमा विशिष्ट महत्व राख्छ । बास्नाले भोजनप्रतिको आकर्षण र स्वादिष्टपन ह्वात्तै बढाइदिन्छ । बास्नामा गहिरो विज्ञान र मनोविज्ञान लुकेको हुन्छ । बास्नादार खाद्यवस्तुको बजारभाउ पनि उच्च छ । बजारमा बासमती चामलको भाउ चर्को छ । अचेल बासमती चामल सर्वसाधारणको हातबाट फुत्केर सम्भ्रान्त वर्गको भोजनमा परिणत हुन गएको छ । बासमती चामलको वाणिज्यशास्त्रीय राजनीति पनि चर्को छ । बासमती धानको एकस्व अधिकार (प्याटेन्ट राइट) का विषयमा शक्तिशाली राष्ट्रहरूबीच तानातानी चलेको प्रसङ्ग पनि सेलाइसकेको छैन ।
विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो ।
सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
राष्ट्रिय धान दिवसमा देशभर रोपाइँसहित अनेक रचनात्मक कार्यक्रम भए । पोखरा महानगर–१ मा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा भने फरक कार्यक्रम भयो । लोकमार्गको हरिचोकदेखि याम्दीसम्मको सडक स्तरोन्नतिको काम साह्रै सुस्त भएपछि स्थानीयले सडकमै धान रोपे ।
आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका एक लाख पाँच हजार ५६२ बिरुवा रोपिएको जानकारी दिनुभयो ।