दाङमा हरियाली प्रवद्र्धनसँगै भूक्षय नियन्त्रणका लागि चार लाखभन्दा बढी बिरुवा रोप्न थालिएको छ । डिभिजन वन कार्यालय घोराही र लमही अन्तर्गत यस वर्ष जिल्लाका विभिन्न सामुदायिक वन, निजी वन, नदी उकास क्षेत्रलगायतका विभिन्न क्षेत्रमा चार लाख ६० हजार बिरुवा रोप्न थालिएको हो । सामुदायिक वन समूहमा हरियाली प्रवर्धनसँगै वातावरण संरक्षण, भूक्षय नियन्त्रण र काठ उत्पादनका लागि डिभिजन वन कार्यालय घोराही अन्तर्गत दुई लाख ७० हजार र डिभिजन वन कार्यालय लमही अन्तर्गत एक लाख ९० हजार बिरुवा रोप्ने तयारी गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले वन समूहको खाली जग्गामा वृक्षरोपण गरेर हरियाली प्रवर्धनसँगै बाढी वातावरण संरक्षणका लागि बिरुवा रोप्न थालिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही, अम्बापुर र पुरन्धरामा रहेका नर्सरीमा बिरुवा तयार रहेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
संस्कृतमा आषाढ महिना भनेर चिनिने असारलाई हामी ऋतुचक्र अनुसार तेस्रो महिनाका रूपमा लिन्छौँ । असारको शाब्दिक अर्थ सार नभएको हुन्छ तर नेपाली लोकजीवनमा भने असारलाई सारयुक्त महिना मानिन्छ । त्यसैले हाम्रो जस्तो कृषिप्रधान देशमा असारको निकै महìव छ । असार सुनौलो भविष्य बोकेको महिना हो । असारमा रोपेर मङ्सिरमा अन्न भित्र्याउन पाइने भएका कारण यस महिनालाई विशेष मानिन्छ । आर्यइरानेली भाषामा असार शब्दले इरान देशको लोरेस्टान जिल्लाको एउटा कृषिप्रधान गाउँलाई पनि बुझाउँछ ।
बाल्यकालमा गाउँमा असार महिनामा रोपाइँ गरेको याद सधैँ आइरहन्छ । हामी कृषकका छोराछोरी हौँ । अध्ययनका क्रममा मेची महाकालीका युवा काठमाडौँ प्रवेश ग¥यौँ । उच्च शिक्षा हासिल ग¥यौँ । कोही जागिरको क्रममा उपत्यकालगायतका ठाउँमा बस्न पुग्यौँ भने कोही विदेशको भूमिमा जीवन व्यतीत गर्न पुग्यौँ । कृषि पेसा अपनाएका परिवारका हामी अर्ध कृषक बन्यौँ । असार महिनाको खेतको पाँगो र पानीसँग परिचित बन्न भुल्यौँ । हलगोरु जोतेर खेतमा धानको बिउ रोप्नबाट बन्चित भयौँ । आफ्नो खेतको अनाजमा भन्दा बजारमा किनेर अखाद्य चामलको भात खान बाध्य भयौँ । कोदाली चलाउने हात कलम चलाउँदा यदाकदा भ्रष्टाचारीको पगरी पनि भिर्याैं ।
बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यही असार ७ गते एक जना सिकारीको मृत्यु भएको भन्ने समाचार आयो । सुकबहादुर तितुङ नाम गरेका ती सिकारीको मृत्युबारे विभिन्न अड्कलबाजी भए । घटनाबारे संसद्मा समेत कुरा उठ्यो । निकुञ्ज प्रशासनले घटनाबारे विज्ञप्ति जारी ग¥यो । मृत्युबारे सत्यतथ्य बाहिर नआएसम्म यही कारण मृत्यु भएको हो भन्न सकिन्न । निकुञ्ज क्षेत्रमा अवैध प्रवेश निषेध गरिएको हुन्छ । अवैध व्यक्तिको प्रवेश कानुनबाटै बर्जित छ । निकुञ्ज क्षेत्रमा चोरीसिकारीको ठुलो चुनौती हुन्छ । वन्यजन्तु मार्ने, त्यसको ओसारपसार गर्ने चोरीसिकारीको ठुलै गिरोह सक्रिय हुने भएकाले पनि प्रवेश निषेध गरिएको हुन्छ । यो नै मुलुकका सबै राष्ट्रिय निकुञ्ज प्रशासनको मुख्य चुनौती हो ।
तानसेन (पाल्पा) सहर सम्झनामा आउनासाथ मनमा त्यहाँको करुवा, ढाका कपडाको टोपीलगायत अन्य वस्तु तथा मुखै रसाउने स्वादिलो चुकौनी । पश्चिम पहाडी जिल्ला पाल्पा माथि उल्लेख गरिएका बाहेक त्यस क्षेत्रको गौरवमय जीवन संस्कृति, कला कौशल, प्राकृतिक सौन्दर्य अनि देशकै एउटा प्रमुख शैक्षिक केन्द्रका रूपमा रहेको छ । लुम्बिनी प्रदेशमा रहेको यो पाल्पा राजधानी काठमाडौँबाट ३३२ किलोमिटर पर छ । त्यसै गरी भैरहवा तथा बुटवलबाट क्रमशः ५२ र ३९ किलो मिटरमा अवस्थित ए
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको छ ।
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने छ । नकआउट चरणको पहिलो दिन आयोजक जर्मनी र डेनमार्कबिच तथा इटाली र स्विट्जरल्यान्डबिच भिडन्त हुने छ । नकआउट चरणमा जर्मनी र डेनमार्कबिचको खेल दुई अपराजित टिमबिचको एक मात्र भिडन्त हो । स्कटल्यान्ड र हङ्गेरीलाई हराउनुका साथै स्विट्जरल्यान्डविरुद्ध बराबरीमा खेली जर्मनी समूह ‘ए’ विजेता बनेको थियो । डेनमार्क भने स्लोभेनिया, इङ्ग्ल्यान्ड र सर्भियासँग बराबरीमा खेलेर नकआउटमा पुगेको हो ।
बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
बाबुसाहेब बलामी निर्देशित चलचित्र ‘माइली’ मा अभिनेतृ प्रियङ्का कार्की आबद्ध हुनुभएको छ । रुना इन्टरटेनमेन्टले प्रियङ्काको तस्बिर सार्वजनिक गरेको हो । तस्बिरमा प्रियङ्कालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ । चलचित्र सत्य घटनामा आधारित रहने बताइएको छ, जसमा महिलाको सङ्घर्षलाई मुख्य विषय बनाइएको छ । दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसलाई बालबच्चा हुर्काउन कति कठिन हुन्छ ? यही समाजले जातीयताको आडमा महिलालाई कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक बलामीले बताउनुभयो ।
सिक्कलले प्रहार गरी वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ३ः३० बजे बजे झापाको भद्रपुर नगरपालिका २ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङलाई सोही गाउँका ४० वर्षीय राजेश तामाङले घाँटीमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।