हरेक वर्ष असार १५ गते मनाउँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सुनसरीको विभिन्न स्थानीय तहमा धान रोपेर दिवस मनाएको छ ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर-७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर-७२ विमानको सङ्ख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन-एएनजेड विमान फ्रान्सबाट ल्याएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता बिक, ८ वर्षीया नातिनी सपना बिक र ८ महिनाकी नातिनी विपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो।
गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गर्नुभयो । उहाँको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । श्रीमान् हुँदासम्म खेतमा सहयोग हुन्थ्यो । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–९ की गङ्गालाई एकल भएपछि पनि एक्लै खेती सम्हाल्नुपरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना र नजिकै रहेको काठे झोलुङ्गे पुल तर्दै गरेका पदयात्री । मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो ।
शुक्लाफाँटा नगरपालिका ३ का किसान खेतमा रोपाइँ गर्दै । असार १५ गतेसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानले पम्पसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएका छन् ।
जुम्लाको तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट गाउँ
आज असार १५ गते अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बागमती प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने बाटो खुलेको छ ।
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९–८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन सरकारले पनि हरदम प्रयास गरिरहेको छ ।
डुब्न लागेको घामको प्रकाशमा रङ्गिएको छाललाई हेर्छ प्रभात । कता कता उसले त्यहाँ आमाको प्रतिविम्ब देख्छ । उही बाटुलो मुहार, निधारमा बिन्दुली टीका लगाएको, बुट्टेचोली, गहुनको फरिया पहिरिएको, हातमा चाँदीको बाला लगाएको.... । ‘आमा’ अनायास उसको मुखबाट निस्किन्छ । केही महिनाअघि आमालाई यही नदीको किनारमा विसर्जन गरिएको थियो । नदी जस्ती आमा यही नदीमा प्रवाहित भएकी थिइन् । केही क्षणमा आकृति बिलाउन थाल्छ । ‘उप्m दृष्टिभ्रम !’ ऊ पसिना पुछ्न थाल्छ । यो नदी र आमाको गहिरो र सार्वभौमिक सम्बन्ध छ । ऊ किनारैकिनारको बाटो हिँड्दै अतीततर्फ फर्किन्छ ।अक्सर उनी यही नदी किनारको बाटोबाट हाटबजा
वर्षा ऋतु आएसँगै धान रोपाइँ कर्म । मेलापात हात साट्दै लगाइन्छ पर्म ।। उपत्यका तराई र पहाडका गरा । धान रोपी जताततै पार्छौ हराभरा ।।
कहाँ कहाँ बस्छौ तिमी कता खोज्न जाऊँ ? जताजतै जे जति देख्छु तिम्रै रूपमा पाऊँ ।। मन्द मन्द पवन बनी सिर सिर गर्दैछौ कि ? सुन्दर हिमालबाट बग्ने हिमनदी पो हौ कि ?