• १७ असार २०८१, सोमबार

सुनसरीका स्थानीय तहमा धान दिवस मनाइयो

blog

जिल्ला सदरमुकाम इनरुवा र रामधुनीमा धान रोपाइँ गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार १५ गते । हरेक वर्ष असार १५ गते मनाउँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सुनसरीको विभिन्न स्थानीय तहमा धान रोपेर दिवस मनाएको छ । 

जिल्ला सदरमुकाम इनरुवा सहित रामधुनी, दुहवी, बर्जु, गढी, हरिनगर लगायतका स्थानीय तहमा यस वर्ष पर्याप्त वर्षा भएकाले एकसाथ दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ इनरुवाको धान जोन क्षेत्रमा एकसाथ धान दिवस मनाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुनसरीको आयोजनामा गढी गाउँपालिका ३ छिटाहामा धान जोन क्षेत्रमा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ दिवस मनाएको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

लेखक बाट थप