• १७ असार २०८१, सोमबार

दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १५ गते । झापाको दमकमा सिटी सफारीको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।

दमक नगरपालिका–१ बरगाछीमा मे. १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहनु भएकी काठमाडौँ घर भई हाल दमक १ मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उहाँकी २ बर्षीया छोरी आरुसी मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सफारीको ठक्करबाट घाइते आमाछोरी दुवैलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । उपचारको क्रममा नै घाइते बालिका आरुसीको मृत्यु भएको र आमा शर्मिलाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो । 

सिटी सफारी चालक दुर्घटना गरेर फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।