• १७ असार २०८१, सोमबार

ट्याक्टर दुर्घटना हुँदा चालकको निधन

blog

डोटी, असार १५ गते । सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ । सायल-४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका-२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस