पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको छ।
हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा इतिहास र भविष्य बोक्नसक्ने उम्मेदवारलाई मतदाताले रोज्नुपर्ने बताउनुभएको छ। विदुर नगरपालिका अन्तर्गत ऐतिहासिकस्थल नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाटलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरूको संरक्षण तथा प्रवर्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजिको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभएको छ । असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाढ जलविद्युतको क्यानल तथा नहरमा क्षति पुगेको थियो ।
रुपन्देही क्षेत्र नं ५ मा विभिन्न पार्टीका उम्मेद्वारले चुनावी एजेण्डाहरु पस्कदै आफनो क्षेत्रका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि नेताहरुले आफ्नो क्षेत्रका मतदाताकहाँ भोट माग्न व्यस्त हुनुभएको हो ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा भाग लिएका राजनीतिक दल विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन्।
बाग्मती प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने, नेवाः बाहुल्यता भएको क्षेत्रलाई स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र घोषणा गर्नुपर्ने, प्रादेशिक भाषाको हिसाबले १२ कक्षासम्म नेपालभाषा र तामाङ भााषा मध्ये एकलाई एच्छिक वा अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्ने लगायतका मुद्दा रहेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारपूसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचारणको व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच बुधबार भेटवार्ता भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण सोधेको छ । दुवै जनालाई २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।
पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।