• १२ असोज २०८१, शनिबार

घर भत्किँदा थिचिएर युवतीको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, असोज १२ गते । मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ । 

अविरल वर्षाको कारण आएको पहिरो घरमाथि खसेर भत्किएको घरले थिचेर स्थानीय फूलमाया थिङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार गए राति ११ बजे अविरल वर्षाको कारण घरमाथिबाट पहिरो खसी घर पुरिएको भन्ने शनिबार स्थानीयमार्फत प्रहरीलाई जानकारी भएको थियो । 

पहिरोले घर भत्किएपछि सोही घरले थिचिएर फूलमायाको मृत्यु भएको प्रहरीको भनाइ छ ।