• १२ असोज २०८१, शनिबार

ईपिजि प्रतिवेदन कार्यान्वयनमा पहल गर्छु : नेता भट्टराई

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १६ गते । नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजिको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ । 

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता भट्टराईले ईपिजि प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताउनुभयो । उहाँले सन् २०१६ मा गठित ईपिजिले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुबै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भए पनि मोदीले प्रतिवेदन नबुझेका कारण कार्यान्वयनमा जान नसकेको उहाँले बताउनुभयो ।

एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,  ‘भारतीय पक्षले समय नदिएका कारण कारण यो अड्किएर बसेको छ ।” 

“प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरूले कार्यान्वयनको तहमा लिएर जानुपर्थ्यो, प्रतिवेदन बुझेर त्यो काम भारतीय पक्षबाट भएको छैन” नेता भट्टराईले भन्नुभयो, “हामी भोलि सरकारमा आइसकेपछि यो विषय कूटनीतिक माध्यमबाट समाधानको पहल लिन्छौँ ।” दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरूलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।