• १२ असोज २०८१, शनिबार

छठ पूजाका क्रममा ५३ जना श्रद्धालुको डुबेर मृत्यु

blog

नयाँदिल्ली, कात्तिक १६ गते । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  ।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।

विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट रु चार लाख उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिनुभएको छ ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दुहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवान्को उपासना गर्ने प्रचलन छ ।