नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्सिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुलीमा पछिल्लो समय धानबाली भित्र्याउन किसानमाझ थ्रेसर मेसिन लोकप्रिय बन्दैगएको छ । परम्परागत रुपमा खेतालाको भरमा धान भित्र्याउँदैआएका सिन्धुलीका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसले मोरङ ३ (क) का प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति शोक व्यक्त गरेको छ ।
रुकुम पश्चिमको प्रसिद्ध धार्मिकस्थल डिग्रे साईँकुमारी मन्दिर परिसरमा लाग्ने पाँच दिने ऐतिहासिक धार्मिक मेला सम्पन्न भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म परम्परागत रूपमा लाग्दैआएको मेला सम्पन्न भएको हो । मेलामा भूत प्रेत भगाउन लठ्ठी नाच प्रदर्शन गरिएको छ ।
काठमाडौं, कात्तिक २३ गते । बलिउड अभिनेत्री करिना कपुर, कृति सेनन र तब्बु नयाँ फिल्म ‘द क्रु’ मा एकसाथ देखिने भएका छन् । हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जालमा फिल्मको पोष्ट सेयर गर्दै रियाले लेख्नुभएको छ, "तीन वर्षदेखि देखेको सपना र योजनापछि एकता कपूरसँगको हाम्रो यस सपनालाई कलाकाररतमाझ ल्याउनेछौँ । तब्बु, करीना कपूर खान र कृति सेनन अभिनीत फिल्म 'द क्रु' को सुटिङ फेब्रुअरी २०२३ बाट सुरु हुनेछ । यसलाई राजेश कृष्णनले निर्देशन गर्नेछन् । फिल्म निधि मेहरा र मेहुल सुरीले लेखेका हुन् ।"यससँगै रिया कपुरले पनि फिल्मको छायाङ्कन २०२३ को फेब्रुअरीबाट सुरु हुने पनि जानकारी दिनुभएको हो ।
भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
पाल्पाको रैनादेवी छहरामा युवाहरुले किसानलाई खेतमै गएर मतदाता शिक्षा दिने र धान काट्न सहयोग गर्ने गरेका छन् । कतिपयलाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ भए पनि किसानहरु अनाज स्याहार्न व्यस्त छन् ।
भुटेको गेडागुडी, सखरखण्ड र पिँडालुको कला प्रदर्शन गर्ने चाड सकिमिला पुन्हिको अवसरमा जगत सुन्दर ब्वनेकुथी लखुतिर्थले विद्यालय प्रागणमा नेवाः संस्कार र सस्ंकृति प्रदर्शन गरिएको छ ।
निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं, कात्तिक २३ गते । अभिनेत्री उपासना सिंह ठकुरी एक विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को गीत ‘चार घण्टा कुराएर’ मा उहाँले लगाउनुभएको पहिरनका कारण उहाँ विवादमा तानिनुभएको हो ।उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयम्भू मन्दिरको चित्र छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना भइरहेको छ । भक्तपुरको दरबारमा छायाङ्कन गरिएको गीतमा उहाँलाई यस पहिरनमा अभिनेता आर्यन सिग्देलसँग देख्न सकिन्छ ।पुसको १५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा आर्यन सिग्देल र उपासना मुख्य भूमिकामा हुनुहुन्छ ।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपियाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रवारबाट सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवन निषेध गरेको छ ।