• १३ असोज २०८१, आइतबार

फिल्म 'द क्रु'मा करिना, कृति र तब्बु

blog

काठमाडौं, कात्तिक २३ गते । बलिउड अभिनेत्री करिना कपुर, कृति सेनन र तब्बु नयाँ फिल्म ‘द क्रु’ मा एकसाथ देखिने भएका छन् । हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गर्नुभएको हो ।

सामाजिक सञ्जालमा फिल्मको पोष्ट सेयर गर्दै रियाले लेख्नुभएको छ, "तीन वर्षदेखि देखेको सपना र योजनापछि एकता कपूरसँगको हाम्रो यस सपनालाई कलाकाररतमाझ ल्याउनेछौँ । तब्बु, करीना कपूर खान र कृति सेनन अभिनीत फिल्म 'द क्रु' को सुटिङ फेब्रुअरी २०२३ बाट सुरु हुनेछ । यसलाई राजेश कृष्णनले निर्देशन गर्नेछन् । फिल्म निधि मेहरा र मेहुल सुरीले लेखेका हुन् ।"

यससँगै रिया कपुरले पनि फिल्मको छायाङ्कन २०२३ को फेब्रुअरीबाट सुरु हुने पनि जानकारी दिनुभएको हो ।