• १३ असोज २०८१, आइतबार

विवादमा अभिनेत्री उपासना

blog

काठमाडौं, कात्तिक २३ गते । अभिनेत्री उपासना सिंह ठकुरी एक विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को गीत ‘चार घण्टा कुराएर’ मा उहाँले लगाउनुभएको पहिरनका कारण उहाँ विवादमा तानिनुभएको हो ।

उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयम्भू मन्दिरको चित्र छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना भइरहेको छ । 

भक्तपुरको दरबारमा छायाङ्कन गरिएको गीतमा उहाँला यस पहिरनमा अभिनेता आर्यन सिग्देलसँग देख्न सकिन्छ ।

पुसको १५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा आर्यन सिग्देल र उपासना मुख्य भूमिकामा हुनुहुन्छ ।