सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।
चलचित्र ‘चिसो मान्छे’ले एउटा बूढो बाबु (देशभक्त खनाल)को कथा बोकेको छ । जसले आफ्नो छोराको कतारको मरुभूमिमा मृत्यु भएपछि उसको लासलाई घरसम्म पु-याउन के कस्तो सङ्घर्ष गर्छन् भन्ने कुरा दर्शाउँछ ।
नेपाली यू–१९ राष्ट्रिय टोलीका दुई जना महिला क्रिकेटर बुटवलमा सम्मानित हुनुभएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय युवा टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यू–१९ राष्ट्रिय टोलीकी कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही १० हजार ५ सय रुपियाँ सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।
कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।
झुटाे विवरण पेस गरी दोहोरो नागरिकता प्रमाणपत्र लिने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका–३ की ३९ वर्षीया सुनिता गिरी र ३६ वर्षीय राजु गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।
सरकारले आगामी दुई वर्षभित्र अर्थतन्त्रमा सूचना प्रविधिको योगदान दोब्बर बनाउने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पूर्वाधार, नीतिगत र संरचनागत सुधारका काम पनि क्रमशः अगाडि बढाइएको सरकारले जनाएको छ ।
जिल्ला समन्वय समिती रुपन्देहीमा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चापागाई २० मत ल्याइ विजयी हुनुभयो ।
स्थानीय अवरोध हटेपछि मर्स्याङ्दी कोरिडोरको उदिपुरदेखि मध्यमर्स्याङ्दी स्विचयार्डसम्मको प्रसारण लाइन अब एक महिनाभित्र तयार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय विवाद समाधान गरी दोर्दी कोरिडोरका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा ल्याउन लागेको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ गत्तसैनामा शनिबार बेलुका जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
ठेक्का सम्झौताअनुसार रासायनिक मल नल्याउने पाँच कम्पनी कारबाहीमा परेका छन् । मल ढुवानीको जिम्मा पाएर पनि समयमा नल्याउने त्यस्ता कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गर्ने भएको हो ।
मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ ।
धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरूको तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा चुलो छ, पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ ।
अन्तिम समयसम्म पनि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको बिषयमा अडान लिइरहनु हुने भुटानी शरणार्थी मानव अधिकारवादी नेता डा. भम्पा राईको निधन भएको छ । दमकमा तीन दशक अघिदेखि निरन्तर रुपमा भुटानी शरणार्थीहरुलाई निशुल्क रुपमा जाँच तथा उपचार सेवा दिइ शरणागत जीवन बिताउदै आउनु भएका ७२ बर्षीय राईको शनिवार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।
झापाको दमकमा फोहोरबाट ऊर्जा (ग्यास) उत्पादनको सफल परीक्षण भएको छ । दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले २० करोडभन्दा बढीको लागत परियोजनामा चार वर्षअघि काम सुरु भएको थियो ।