राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।
काठमाडौं, कात्तिक २४ गते । रिस्ता बस्नेतको अभिनय रहेको चलचित्र ‘पासो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । मङ्सिर १६ गते चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको आधिकारिक पोस्टर पनि सार्वजनिक गरिएको हो ।'बीआर इन्टरटेन्मेन्ट प्रालि'को ब्यानरमा निर्माण भएको चलचित्रमा आरबी पुनको लेखन तथा निर्देशन र भगवान भुजेलले निर्माण रहेको छ । चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुङ्गाना, सरस्वती गुरुङ सहनिर्माताका रुपमा हुनुहुन्छ । यस्तै, चलचित्रमा रिस्तासहित, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय देख्न सकिन्छ ।
जिल्ला निर्वाचन कार्यालय, बागलुङले स्थानीय तहसँगको समन्वयमा मत बदरको मात्र न्यून गराउन मतदानसँग सम्बन्धित विभिन्न अभ्यास गर्दै आएको छ । कार्यालयले जिल्लाका सबै वडामा मतदाता शिक्षा तथा प्रत्येक स्थानीय तहमा पुगेर मतदानको नमुना अभ्यास गरेको हो ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।
विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली गरिएको छ । बिहीबार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो ।
अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका सस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुप गणेशमान सिंहले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको १०८ औं जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले सो कुरामा बताएका हुन् । गणेशमान सिंहको जस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशको जोड थियो । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा उहाँलाई लिइन्छ तर आफू भन्दा पार्टी र देश ठूलो हुन्छ आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सने वक्ताहरुको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले गणेशमान सिंहलाई सम्झिने तर उहाँले देखाएको मार्गमा नहिँड्दा पार्टी कमजोर भएको बताउनुभयो । पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । काँग्रेस १४ औं महाधिवेशनमा पद प्राप्त गर्न म मात्रै योग्य छु भन्ने भावना त्याग गर्नुपर्ने पोखरेलले बताउनुभयो । टिकट नपाएका व्यक्तिहरुले पनि गणेशमानले जस्तै त्यागको भावना राखेर पार्टी बलियो बनाउने मार्गमा हिँडेर आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण दिँदै उहाँले यसबाट पाठ लिनुपर्ने बताउनुभयो । नेपालको नेपाली जनताले साथ दिएर अगाडि बढेर निरन्तर संघर्ष गर्दै पञ्चायतका कठिन दिनमा स्वतन्त्रता र न्यायको लागि लडेकाले दलित, महिला, जनजाति पिछडिएको समुदायले सम्मानजनक अधिकार प्राप्त गरेको उहाँको भनाइ थियो । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिका कार्यबाहक अध्यक्ष रामचन्द्र बस्नेतले ससाना कुरामा नअल्झिकन अवसर र चुनौतीलाई सदुपयोग गर्दै सशक्त बनाएर पार्टी हाक्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ऐतिहासिक र पूरातात्विक खोकनाको बस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मनसुनी प्रणाली नेपालबाट बाहिरिएसँगै मौसम सफा भए पनि चिसो भने दैनिक रूपमा बढ्दै गएको जल तथा मौसमविज्ञान विभागको तथ्याङ्क छ । यो साता मुस्ताङको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन भयो । यता काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेर ११.४ डिग्री सेल्सियसमा झरेको छ । दुई साताकै अन्तरमा तापक्रम ३ डिग्री सेल्सियससम्म अन्तर भएपछि चिसो दैनिक रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ ।
बुधवार गएको भूकम्पका कारण बाजुरामा चौध वटा घरका छाना पूर्णरुपमा भत्किएका छन् ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुर्खेतका १० वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ। विशेषगरी वीरेन्द्रनगर उपत्यकाभित्रका १० वटा निर्वाचन केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार नगरपालिकाभित्रका १० वटा मतदान केन्द्रलाई अपाङ्ग महासङ्घको समन्वयमा अपाङ्गतामैत्री बनाइने भएको हो।
निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलका झन्डा र निर्वाचन चिह्नले टीकापुरबाट गाउँ जाने मुख्य सडक, चोक, चौराहा रङ्गिएका छन्। आचारसंहिताविपरीतको प्रचार सामग्रीले दलको खर्चसमेत बढेको छ। राजनीतिक दलले सम्पर्क कार्यालयबाहेकका स्थानमा झन्डा, ब्यानर, चिह्न राख्न नपाउने आचारसंहिताले व्यवस्था गरेको छ। कैलाली क्षेत्र नम्बर १ मा पर्ने जानकी गाउँपालिका–७, चिलमचौराहास्थित बजारका पसलमा राजनीतिक दलका झन्डा र पर्चा टाँसिएपछि व्यापारीलाई तनाव भएको छ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं. २ का नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङ, प्रदेश सभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमानसिंह तामाङ किसानका खेतमा पुगेर धान झार्न थाल्नुभएको छ। घरदैलो अभियानमा मतदाता नभेटिएपछि खेतबारीमै पुगेर तामाङले भोट माग्न थाल्नुभएको हो।
सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो। लोकगायक कृष्णविक्रम थापाले विक्रम संवत् २०३६ मा यो गीत गाउँदा सिन्धुलीगढीदरबारको सुन्दरता जति वर्णन गर्नलायक थियो, त्यसपछि भग्नावशेषमा परिणत उक्त दरबारको पुनर्निर्माणसँगै पुरानै शैलीमा फर्किंदै गएको छ।