प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको ५० प्रतिशत कर घटाउन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन लिखित रूपमा निर्देशन दिएको हो ।
मुखको माया के माया ? मनको माया हो माया । किनेको माया के माया ? आत्मीय माया, माया हो
तामाङ भाषाको चलचित्र ‘काख्रे’ (गँगटो)को ट्रेलर सार्वजनिक भएको छ । कथाकार ऋतुराज पाख्रिनका अनुसार चलचित्रमा गाउँबाट रोजगारी खोज्दै राजधानी आएका युवाले भोगेकोे समस्याको सेरोफेरो कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । राष्ट्रिय नाचघर जमलमा यही असार १८ गते विशेष च्यारिटी सो हुने निर्माण पक्षले जनाएको छ ।
हजुरआमाले प्रतिष्ठा गर्नुभएका चौतारा बाहरूले कचहरी गर्ने ठाँटी गोठालो जाँदा तिमीहरूलाई हामीहरूले हामीहरूलाई तिमीहरूले
केही दिनयताको वर्षाका कारण देशको अधिकांश भू–भाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले जनधनको क्षति भएको छ भने अझै वर्षा कायम रहेका कारण नदी तटिय क्षेत्रमा बाढीको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
चिसो सिरेटो भित्रैसम्म आयो बिस्तारै झ्याल खोलेँ टाउको बाहिर निकालेर हेरेँ आकाश धुम्म छ मजस्तै गुम्सिएको छ
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।
खुसीको खबर यो थियो– धेरै वर्षपछि दाइ भेटिए । दुःखको खबर यो थियो– उनी दृष्टिविहीन भइसकेका थिए । उनले पहिलेजस्तो देख्न सक्दैनथे । उनले भने, “एउटा रेल दुर्घटनामा परेर मैले दुवै आँखा गुमाएँ ।” रेल मुलुकमा चलिसकेको थिएन र उनले विदेशको ट्रेन दुर्घटनामा आँखा गुमाएको हुन सक्छ तर त्यो देश कुन थियो त्यो हामीले सोधेनौँ । दृष्टि नै गुमाइसकेपछि देशको कुरो गौण भइदियो । कुरो यो, आँखा उनका यथावत् थिए तर दृष्टि थिएन । उनको भनाइ यो हुन्थ्यो– “म आँखा देख्दिनँ हजुर ।
नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।
‘के हो के हो, जिन्दगानी, कर्कलाको पानी अप्ठेरोमा हाँसी बाँच्नु नै हो जिन्दगानी’
मधेश प्रदेशभित्रका स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । प्रदेशमा महानगरपालिका एक, उपमहानगरपालिका तीन, नगरपालिका ७३ र गाउँपालिका ५१ गरी १३६ वटा स्थानीय तह रहेका छन् ।
सर्लाही जिल्लामा धेरै पर्यटकीय स्थल छन् । यी स्थल कुनै धार्मिक, कुनै ऐतिहासिक तथा कुनै प्राकृतिक छन् । यीमध्ये नाढीमन ताल पनि एक हो । यसलाई मनोरम दर्शनीय ताल, नौका विहार गर्ने ताल र चराचुरुङ्गी हेर्ने तालका साथै एउटा चित्ताकर्षक स्थलका रूपमा विकास गर्न सकिन्छ ।
प्रदेश १ अन्तर्गतका अधिकांश पालिकाहरूले आर्थिक वर्ष २०७९/०८० का लागि आज नीति तथा कार्यक्रसहितको बजेट प्रस्तुत गरेका छन् । बजेटमा आ–आफ्नो आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याइएको छ । कतिपय पालिकामा चालू योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नारासहितका कार्यक्रम अघिसारिएको पाइएको छ ।
शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । देशका विभिन्न भू–भागमा आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सौन्दर्य प्रतियोगिता हिजोआज धमाधम बढ्दै छन् । यस्ता प्रतियोगितामध्ये सबैभन्दा पहिलो र प्रतिष्ठित मानिँदै आएको ‘मिस नेपाल’ नै हो । यो सौन्दर्य प्रतियोगिताको आधिकारिक आयोजक ‘हिडन् ट्रेजर’ हो । सन् १९९४ देखि आरम्भ भएको मिस नेपाल सौन्दर्य प्रतियोगिताको उपाधि यस वर्ष प्रियङ्का रानी जोशीले प्राप्त गर्नुभएको छ । प्रियङ्कासम्म आइपुग्दा २५ जनाले यो उपाधि हासिल गरिसक्नुभएको छ ।