• १२ वैशाख २०८१, बुधबार

श्रेष्ठ र शाहलाई सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११  गते  । नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । 

श्रेष्ठले हालै नेपालमा रहेका आठ हजार बढी उचाइका सातवटा हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँले एकै सिजनमा तीनवटा हिमालको पनि सफल आरोहण गर्नुभएको थियो । यस्तै पटकथा र सिर्जनशीलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेसल मेन्सन अवार्ड जित्नुभएको थियो । 

परिसङ्घको उपाध्यक्षसमेत रहनुभएका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसङ्घ महानिर्देशक दीपकराज जोशीले उहाँहरूको उपलब्धिको प्रशंसा गर्दै सम्मान गर्नुभयो । उहाँहरूको यस सफलताले नेपालको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्न गएको परिसङ्घको  विश्वास छ ।