प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।
लगातार गाउँमा ढुङ्गा झर्न थालेपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका – ३ पोखराका सर्वसाधारणहरु त्रसित बनेका छन् । वर्षा सुरु भएसँगै गाउँ माथिको लेकबाट ढुङ्गा खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सोमबार लालपुर्जा वितरण गरिएको छ । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपूर्जा वितरण कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका १४ जना पहिरो पीडितलाई लालपूर्जा वितरण गर्नुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिङ्गो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार ८६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।
पाल्पाका १४ वटा सहकारी संस्थाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोकाका मासु उत्पादन तथा विक्री गर्र्ने १४ वटा सहकारी संस्थाहरूले उत्पादनका आधारमा प्रतिफल अनुदान पाएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरण खुकुलो बनाउनेगरी नागरिकता विधेयक नल्याएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभा बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकताको लागि सात वर्षे प्रावधान हटाउनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।
उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पार्नुभयो ।
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।
कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ ।