नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधि सभाको टिकट समयमै व्यवस्थान गरिने बताउनुभएको छ।
काठमाडौंको बबरमाहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको झिमरुकतिर चित्रकला ।
झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलेले प्रदेश संरचना खारेजी गर्न नमिल्ने बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनुभएको छ।
गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे चासो लिनुभएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी छुट्टा छुट्टै दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसुर बाँकी नराख्न र थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।
काठमाडौं, साउन ८ गते। भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किचेपछि अवरुद्ध सडक खुलेको छ। आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको थियो। घाइते १२ जनामध्ये १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार दुई जना घाइतेको अवस्था भने गम्भीर रहेको छ। काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटललाई रुखले किचेको हो। बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको थियो। घाइतेमध्ये ६ जनाको इवामुरा अस्पताल सल्लाघारी र अन्यको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइराखेको छ। मृत्यु हुने एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन्। दुर्घटनामा भक्तपुर नगरपालिका– ७ गोलमडीका न्हुच्छेराम वोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो। मृतक न्हुच्छेराम स्कुटी चालक हुन्। मृतकको शव इवामुरा अस्पतालमा राखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्नुहँदै मन्त्री भुसालले यस्तो बताउनु भएको हो।
उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी ३७ वर्षीय अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिन बाध्य हुनुहुन्छ । ढकाल भागेर घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङलोले बाँधेर राखेको बताउनु भएको छ ।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।
काठमाडौं, साउन ८ गते । फिल्म 'प्रेमगञ्ज' युरोपका ४४ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज सार्वजनिक रुपमै विदेशी फिल्मसरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको हो । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिहासमै पहिलोपटक हो । फिल्म प्रेमगञ्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोपमा प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । “अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ", निर्देशक परिच्छेद सेनले भन्नुभयो, “फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ रु भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छ । तर, एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहनुभएको छ ।" फिल्ममा बेनिशा हमाल, तेज गिरीसँगै सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रम प्रभावकारी भएको छ । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड रुपियाँ बराबरको काँक्रा बिक्री भएको छ ।
काठमाडौं, साउन ८ गते । फिल्म 'राधा'को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र सामाजिक मूल्यलाई तोड्न महिललो गरेको विद्रोहलाई देखाइएको छ । गुमनाम भएका पतिको पर्खाइमा एकल महिलाको रुपमा सृष्टिलाई देख्न सकिन्छ । दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ समेत ट्रेलरमा देखिनुभएको छ । सौगात मल्ल, देवकी विष्ट र हीराल जोशीको निर्माण रहेको फिल्म भदौ १० गते प्रदर्शन हुँदैछ । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्नुभएको हाे ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ।
दाङ जिल्लामा एक बालिका बलात्कृत भएकी छिन् । स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर भीरबाट खसालेको प्रहरीले जनाएको छ ।