• १५ असार २०८१, शनिबार

युरोपका ४४ देशमा प्रदर्शन हुँदै फिल्म 'प्रेमगञ्ज'

blog

काठमाडौं, साउन ८ गते । फिल्म 'प्रेमगञ्ज' युरोपका ४४ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुने भएको छ । प्रेमगन्ज सार्वजनिक रुपमै विदेशी फिल्मसरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको हो । 

अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिहासमै पहिलोपटक हो । फिल्म प्रेमगञ्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोपमा प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । 

“अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ", निर्देशक परिच्छेद सेनले भन्नुभयो, “फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ रु भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छ । तर, एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहनुभएको छ ।" 

फिल्ममा बेनिशा हमाल, तेज गिरीसँगै सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । 

सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।