• १५ असार २०८१, शनिबार

दाङमा एक बालिका बलात्कृत

blog

लीलाधर ओली

घोराही, साउन ८ गते । दाङ जिल्लामा एक बालिका बलात्कृत भएकी छिन् । स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर भीरबाट खसालेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेपछि किशोरले बालिकाले कानमा लगाएको सुनको मुन्द्रा पनि लुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीका अनुसार बलात्कृत बालिकाको नेपालगन्जमा उपचार भइरहेको छ ।

बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको डीएसपी अर्यालले बताउनुभयो । बलात्कारमा संलग्न किशोरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डीएसपी अर्यालका अनुसार आरोपी किशोरले अपराध स्वीकार गरिसकेका छन् ।