• १३ असोज २०८१, आइतबार

महिला अधिकारका लागि रचनात्मक आन्दोलन गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

blog

आइतबार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन गर्नुहुँदै ऊर्जामन्त्री पम्फा भुसाललगायत ।

काठमाडौं, साउन ८ गते। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्नुहँदै  मन्त्री भुसालले यस्तो बताउनु भएको हो। 

उहाँले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट बञ्चित रहेको भन्दै उहाँले महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभयो। उहाँले संविधान र कानुनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै १७ प्रतिशत महिला अधिकारबाट बञ्चित रहेको बताउनुभयो। 

उहाँले अधिकार खोज्नु महिलाको राजनीति, कानुनी अधिकार भएको दाबी गर्नुभयो। मन्त्री भुसालले संविधान र कानुनले सम्पत्तिको हकमा महिला पुरुष दुवैलाई समान अधिकार दिए पनि व्यवहारमा लागू नभएको जिकिर गर्नुभयो। 

मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने कुरा आएको भन्दै राष्ट्रको नेतृत्व विचारले गर्नुपर्ने बताउनुभयो। मन्त्री भुसालले अहिले महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको दाबी गर्नुभयो।