• ८ जेठ २०८१, मङ्गलबार

विश्व लेजेन्ड्स क्रिकेटमा पारस

blog

पारस खड्काको फेसबुकबाट ।

काठमाडौं, साउन ८ गते । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।

विश्वभरका चर्चित पूर्व खेलाडीहरुले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको दोस्रो संस्करण भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ । चार टोलीले खेल्ने यस प्रतियोगितामा एक सय १० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा १५ खेल हुनेछन् ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उल्लेख्य भूमिका निभाउनुभएका पारसले तीन बर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो । उहाँले एक बर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।