• ३ साउन २०८१, बिहिबार

विद्यार्थीले मृत सहपाठीप्रति शोक मनाउँदै गर्दा बङ्गलादेशी प्रधानमन्त्रीद्वारा सजाय दिने वाचा

blog

ढाका, साउन ३ गते । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा छ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ । 

प्रहरीले जबर्जस्ती शोकका लागि अन्त्येष्टि समारोहलाई तितरबितर गरेको केही घन्टापछि उहाँले सो वाचा गर्नुभएको हो ।

प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसमा इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मङ्गलबार मुलुकभर भएका झडपहरूमा छ जनाको मृत्यु भएको थियो । साथै प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो ।

यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध प्रदर्शन सुरु भएपछि हिंसाको सबैभन्दा नराम्रो दिनमा हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न आदेश दिन प्रेरित गर्‍यो ।

प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याइने बताउनुभयो । उहाँको प्रशासनमाथि वफादारहरूसँग प्रतिष्ठित सरकारी नोकरीहरू सुरक्षित गर्न कोटा योजनाको दुरुपयोग गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।

“म हरेक हत्याको निन्दा गर्दछु”, प्रहरी बल र प्रदर्शनकारीहरूबीच एक दिनको झडपपछि उहाँले बुधबार साँझ टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, “म दृढताका साथ घोषणा गर्दछु कि हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय दिन सुनिश्चित गर्नेछु ।” रासस/एएफपी