• १५ असार २०८१, शनिबार

प्रदेश खारेजी गर्न मिल्दैन : वरिष्ठ नेता पौडेल

blog

कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार ८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलेले प्रदेश संरचना खारेजी गर्न नमिल्ने बताउनुभएको छ। 

नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको नेपाली कांग्रेसका कार्यकतासँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले ठूलो आन्दोलन र बलिदानीले प्रदेश सरकार स्थापना गरिएको भन्दै यस्तो बताउनुभएको हो। 

विशेष गरेर मधेस आन्दोलन, जनजाती आन्दोलनले प्रदेश सरकार स्थापित  भएकोले फेरि आन्दोलनको अवस्था आउने भन्दै उहाँले खारेजी गर्न नमिल्ने बताउनुभएको हो। 

‘‘ठूलो आन्दोलनलाई सम्बोधन गर्न प्रदेश सरकार स्थापना भएको हो। बरु त्यसलाई प्रभावकारी बनाउने उपायको खोजी गरिनुपर्छ’’, वरिष्ठ नेता पौडेलले भन्नुभयो।