• १९ असार २०८१, बुधबार

आमाको नामबाट नागरिकता पाउँदा दुरुपयोग हुन सक्छ : सांसद देवकोटा

blog

काठमाडौं, साउन ९ गते । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिनुहुँदै सांसद देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनुभयो । यद्यपि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै, आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँको भनाइ छ ।

सांसद देवकोटाले वैवाहिक अङ्गीकृतको सम्बन्धमा एउटा हातले सिन्दूर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्नुभयो ।

नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।