शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागु हुने गरी राष्ट्रिय सभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई नियुक्ति गरिएको हो ।
उहाँको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभा हलमा हुने जनाइएको छ ।