मधेश प्रदेशको जिल्लामा खेत हिल्याउने पानीको अभावमा धान रोपाइँ प्रभावित भएको छ । खेत हिल्याउन चाहिने वर्षाको पानी तथा सिँचाइको पर्याप्त व्यवस्थापन नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।
। जिल्लाको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद भएको यो घुम्ती शौचालय अहिले प्रयोगविहीन रहँदा यात्री र बटुवालाई शौचको समस्या देखिएको छ।
नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता हुन गइरहेको छ ।
प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो।
लामो समयदेखि पत्रकारितामा कार्यरत वरिष्ठ पत्रकारलाई पहिलो पटक वृत्ति वितरण दिन सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकारलाई वृत्ति वितरण दिन सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पद्मभक्त खरेल (वर्ष ७७), निरोधराज पाण्डे (वर्ष ७३) र चिरञ्जीवी अर्याल (वर्ष ६७) लाई वृत्ति वितरण प्रदान गरियो ।
आज (मंगलबार) पनि देशैभर मौसम वदली हुने भएको छ । मौसम वदलीसँगै हाल प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।
बर्सेनि विवादित बन्दै आएको काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–५ स्थित एउटा बोटमा फलेको बोधिचित्तका दाना एक करोड एक लाख रुपियाँ जम्मा गरेर टिपिएको छ । त्यो पनि जिल्ला अदालत काभ्रेको अन्तरकालीन आदेशबाट । अदालतले साउन २ गते दिएको अन्तरकालीन आदेशबमोजिम साउन ८ गते पैसा जम्मा गरेर आज ९ गते दाना टिपिएको हो ।
मुलुकको सुदृढ अर्थतन्त्र, सहज वैदेशिक व्यापारलगायत अन्य आर्थिक विषयवस्तुका सन्दर्भमा वैदेशिक मुद्राको निकै महत्त्ववपूर्ण भूमिका रहेको हुन्छ । सार्क राष्ट्र श्रीलङ्कामा विषम आर्थिक अवस्था निम्तिनुको एक प्रमुख कारण वैदेशिक मुद्राको अभाव हो । नेपालको सन्दर्भमा पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु-याउँछ ।
आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ निर्वाचन स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयरहित रूपमा सम्पन्न भएमा मात्र लोकतन्त्र बलियो भई जनमुखी शासन व्यवस्था कायम रहन सक्छ । यसका लागि जनताको चाहना, समाजको माग एवं आवश्यकता र नवीनतम प्रविधिलाई सम्बोधन गर्न नीतिगत रूपमा, कानुनी रूपमा र व्यवस्थापकीय रूपमा परिवर्तन र सुधार भइरहनु पर्दछ । शाब्दिक अर्थमा निर्वाचन भनेको प्रजातान्त्रिक मुलुकको विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिलाई त्यसै मुलुकका आम बालिग जनताले मतदानद्वारा चुन्ने काम हो ।
केही समयअघि ललितपुरको एक विद्यालयका शिक्षकले कक्षा पाँचमा पढ्ने ११ वर्षीय विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना बाहिरियो । पीडकलाई सजाय गर्न अभिभावक विद्यालय पुगे पनि विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने सर्तमा घटना सामसुम बनाइयो । निजी विद्यालयमा नियुक्त गरिने अनुशासन इञ्चार्ज अर्थात् डीआई भन्ने वित्तिकै विद्यार्थी थर्थर भए पनि डीआईको आँखा छलेर विद्यार्थीबाट सामान्य गल्ती बदमासी भइरहेका हुन्छन् । यसैको निहुँमा विद्यालयका डीआईले सामान्य गल्तीमा पनि कठोर दण्ड सजाय र चरम यातना दिएका घटना बारम्बार बाहिरिइरहेका छन् । लाजिम्पाटको एक कलेजका विद्यार्थी डीआईले दिएको यातना सहन नसकेर आत्महत्या गरेको घटना बाहिरियो । सबैजसो निजी विद्यालयले डीआई नियुक्त गरी विद्यार्थीलाई तर्साउने वा दण्ड सजाय दिने कार्यले विद्यार्थीमा शारीरिक मात्र नभई मानसिक असरसमेत परेको देख्न सकिन्छ । केही वर्ष अघिसम्म डीआईको काम प्रधानाध्यापकले नै गर्दथे । प्रधानाध्यापकले विद्यालयको चौरमा विद्यार्थीलाई लाइन लगाएर वा आफ्नै कार्यकक्षमा बोलाएर निलडाम बस्ने गरी विद्यार्थीलाई हिर्काउनसम्म हिर्काउँथे । हाल केही अभिभावकको विरोधको आवाज विद्यालयसम्म पुग्न थालेपछि भने निजी विद्यालयका प्रधानाध्यापकले शिक्षकमध्येका खाइलाग्दा र जाइलाग्दा व्यक्तिलाई डीआईको पद र पावर थमाउने गरेका छन् ।
दुई वर्षअघि संसार कोभिड–१९ को महामारीसँग जुध्दै थियो । नेपाल पनि त्यस सङ्क्रामक रोगबाट अछुतो थिएन । त्यसैताका सङ्क्रामक रोग फैलिएजसरी नै सामाजिक सञ्जालमा एउटा फोटो छरपस्ट भयो अर्थात् ‘भाइरल’ भयो । ‘भाइरल’ भएको फोटो कुनै विदेशी उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक जनाले नेपाली भूमिमा पाइला राख्दै गर्दा नेपाल आमालाई शिर निहुराएर ढोग्दै गरेको थियो । त्यस्ता फोेटा अरू पनि आउने गर्छन् । तिनको अर्थ र सन्देश गहिरो छ । ‘भाइरल’ सामाजिक सञ्जालको विशिष्ट शब्द हो ।
संयुक्त राज्य अमेरिकाले एउटा नयाँ प्रजातिको स्याउ निकालेको छ । यसको नाम हो, क्रिम्सन क्रिस्प । वासिङ्टन स्टेट युनिभर्सिटीका प्राध्यापकद्वय ब्रुस ब्यारिट र केट इभान्सले यसका लागि अनवरत अनुसन्धान गर्नुभएको थियो । अनुसन्धानको अन्त्यतिर अथवा प्रतिफल आउनुअघि नै ब्यारिट सेवा निवृत्त हुनुभयो तर अनुसन्धान जारी राख्नुभयो ।
खुला कारागारको अवधारणा कार्यान्वयनको कानुन बनेको चार वर्षपछि प्रतिनिधि सभाले पुनः उक्त अवधारणा कार्यान्वयनको नयाँ विधेयक पारित गरेको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनमै खुला कारागारको अवधारणा भए पनि हालसम्म कार्यान्वयनमा आएको छैन।
धरानमा विकास निर्माणका सन्दर्भमा श्रमदानबाट काम गर्ने अभियान बढिरहेको छ। केही समयअगाडि पकुवा खोलामा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य पनि श्रमदानबाट नै गरिएको थियो।
उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुुनुुुहुुुन्छ । ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको पारिवारिक सदस्यले बताउनुुभएको छ ।