• ३ साउन २०८१, बिहिबार

पर्यटनमा नयाँ आशा

blog

मुलुकको सुदृढ अर्थतन्त्र, सहज वैदेशिक व्यापारलगायत अन्य आर्थिक विषयवस्तुका सन्दर्भमा वैदेशिक मुद्राको निकै महत्त्ववपूर्ण भूमिका रहेको हुन्छ । सार्क राष्ट्र श्रीलङ्कामा विषम आर्थिक अवस्था निम्तिनुको एक प्रमुख कारण वैदेशिक मुद्राको अभाव हो । नेपालको सन्दर्भमा पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु-याउँछ । 

पर्यटनको बहुआयामिक महत्त्व भए पनि पर्यटन उद्योग फस्टाउन सकेको छैन । त्यसो त पर्यटन उद्योग, व्यवसायको प्रवद्र्धनमा नेपाल सरकारको उच्च प्राथमिकता रहेको छ । विगत तीन वर्षयता कोरोना (कोभिड–१९) महामारीका कारण नेपाललगायत समग्रमा विश्व पर्यटन व्यवसाय नै निकै नाजुक अवस्थामा पुग्यो । पर्यटनको पुनरुत्थानका निम्ति केही महŒवपूर्ण प्रयास अति आवश्यक भइसकेको सबैले महसुस गरेकै विषय हो । वल्र्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार दशमलव तीन प्रतिशत रहेको थियोे । यो तथ्याङ्क ठूलो होइन तर सम्भावना भएको देखाउने तथ्याङ्क पक्कै हो । 

नेपालमा दस लाखभन्दा बढी मानिस प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट यसै उद्योगमा आश्रित छन् । कोरोना महामारीसँगै नेपाली अर्थतन्त्रका हरेक हिस्सामा पर्यटन उद्योगको योगदान घट्दै गएको देखिनु राम्रो होइन । कोरोनाविरुद्धको खोपको विकाससँगै नेपालमा यताको एक वर्षमा खोपको पहुँच विस्तार आफैँमा सकारात्मक पक्ष हो । यसले पर्यटन अर्थतन्त्रलाई गति दिन ठूलो योगदान पु¥याएको छ । पर्यटन क्षेत्रलाई अब थप विस्तार आवश्यक भइसकेको छ । त्यस निम्ति नीति, योजना र कार्यक्रम आवश्यक भइसकेको छ । यसै सन्दर्भमा सरकारले शिथिल पर्यटन उद्योगको उत्थानका निम्ति ७३ बुँदे कार्य योजना सार्वजनिक गरेको छ ।

सरकारको पर्यटन उद्योगलाई गति दिन जारी कार्ययोजनाको सबैभन्दा आकर्षण भने पर्यटन दशक मनाउने महत्त्वाकाङ्क्षी कार्ययोजना रहेको छ । नयाँ कार्य योजनाअनुरूप सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाइने भएको छ । यसअघि नेपालमा सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाइएको थियो भने सन् २०२० लाई भिजिट नेपालका रूपमा मनाउने कार्यक्रम रहे पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको थियो । वर्तमान सरकारको नेपाल भ्रमण दशक मनाउने कार्ययोजना आफैँमा सकारात्मक एवं महत्त्वपूर्ण छ । यो कार्यक्रम सफल बनाउँदा नेपालको पर्यटनले व्यापक गति लिनेछ । भ्रमण दशकको सफल कार्यान्वयनका निम्ति सरकारले हवाई नीति, पर्यटन नीति, पर्यटन ऐन, पर्वतारोहण ऐनमा समसामयिक संशोधन गरेर पर्यटकमैत्री बनाउने तयारी थाल्नु आफैँमा स्वागतयोग्य कदम हो ।

 सफल भ्रमण दशक त्यसै पूरा हुँदैन । त्यस निम्ति पर्यटनका आयाम विस्तार गर्नुपर्ने हुन्छ । ऐन, नियममा समयसापेक्ष सुधारसमेत जरुरी छ । पर्यटकका निम्ति आवश्यक होटल, लज, मनोरञ्जन स्थल, क्लबलगायत अन्य आवश्यकीय भौतिक पूर्वाधारहरूमा पनि यथोचित सङ्ख्यात्मक एवं गुणात्मक विकास आवश्यक छ । बाह्य पर्यटक ल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको थप स्तरीकरण आवश्यक छ । गौतम बुद्ध तथा पोखराजस्ता दुई नवीनतम अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन प्रभावकारी बनाउनु पर्छ । गैरआवासीय नेपालीको विदेशमा नेपाल प्रवद्र्धनको सकारात्मक कार्य योजनालगायत अनेक कार्यले मात्र भ्रमण दशक सफल हुन्छ । पर्यटन प्रवद्र्धनका योजना वस्तुगत ढङ्गबाट कार्यान्वयन हुन सकेमा लक्ष्य प्राप्ति पक्कै पनि सहज हुनेछ । 

नेपाली पर्यटन उद्योगको अबको प्रयास भनेको मितव्ययीभन्दा खर्च गर्न सक्ने हैसियत भएका विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्नुपर्छ । नेपालमा पर्यटकीय उत्पादनसमेत त्यसैअनुरूप हुनुपर्छ । त्यसनिम्ति पर्यटन पूर्वाधार विकासमा अझै लगानी बढाउनु पर्छ । स्वदेश उत्पादनलाई बढोत्तरी दिने गरी कृषि, स–साना घरेलु उद्योगलाई पर्यटनसँग जोड्नु पर्छ । विदेशमा रहेका ५० लाख नेपालीलाई देशभित्रै क्रमशः रोजगारी दिने सक्ने क्षेत्र कृषि र पर्यटन नै हुन् । भ्रमण दशकले नयाँ आशा जगाएको छ । सरकार, निजी क्षेत्र र सरोकार पक्ष सबैले भ्रमण वर्ष सफल बनाउन लाग्नु नै अबको कार्यदिशा मान्नुपर्ने हुन्छ ।