काठमाडौं साउन १० गते। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरासियासँग स्पष्टीकरण लिनुभएको छ। औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग स्पष्टीकरण सोध्नुभएको हो। स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जवाफ मागिएको थियो। सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरिद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिनुभयो। स्वास्थ्य राज्यमन्त्री केसीले भन्नुभयो, ‘‘यसबारे मन्त्रालयको तर्फबाट सूक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्छौ।’’स्वास्थ्य राज्यमन्त्री केसीले १० अर्बको औषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपियाँको लेनदेनम सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो ? वास्तविकता के हो ? भनेर जवाफ माग गर्नुभएको थियो। सोही समयमा आपूर्ति शाखा प्रमुख डा. चौरासियाले भने आफूले गल्ती नगरेको जवाफ फर्काउनुभयो। १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपियाँको लेनदेनमा सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।
काठमाडौं, साउन १० गते । चलचित्र 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस चलचित्रमा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ । चलचित्रमा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् । चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ । फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिका–६ टोखाबाट बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, साउन १० गते। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार सबैको लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उहाँले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्वीस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो।सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ। प्रवक्ता कार्कीले सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनीत गर्ने, गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६–१०–३–० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
हेल्थ एक्सचेन्ज नेपाल (यूके)ले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग स्वरुप पाँच हजार पाउण्ड (सात लाख ६५ हजार रुपियाँ) प्रदान गरेको छ । हेल्थ एक्सचेन्ज नेपालको तर्फबाट इञ्जिनियर सञ्जिवमान राजभण्डारीले मङ्गलबार भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकहरुलाई आग्रह गर्नुभएको छ । मङ्गलबार सिंहदरबारमा प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।
नेशनल हेराल्ड मुद्दामा भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गरेको छ।
काठमाडौं, साउन १० गते। संसदबाहिर रहेका चार साना वाम दलले आन्दोलनको घोषणा गरेका छन्। मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रविक्रम चन्दको नेकपा, विष्णुभक्त दुलालको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादीले सरकारको विरोध गर्ने घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता आहुतिले अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना विरोधका बाबजुत पनि पारित गरिएको बताउनुभयो। यसैगरी, उहाँले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा पनि त्यसै भएको बताउनुभयो। यी गतिविधिबाट नेपालमा सैन्य हस्तक्षेपको कोसिस भएको उहाँले बताउनुभयो। यसअघि साउन ८ गते यी पार्टीबीच बसेको बैठकको निर्णय सुनाउनु हुँदै नेकपा नेता ऋषि कट्टेलले साउन १० गते संयुक्त पत्रकार सम्मेलन, साउन १३ गते संयुक्त देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया र साउन २१ गते प्रदेश, सदरमुकाम तथा काठमाडौंमा विरोध प्रदर्शनको कार्यक्रम रहेको बताउनुभयो। यसपछि अर्को चरणको संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उहाँको भनाइ छ।
पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ कोरोना परीक्षण गर्दा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । मङ्गलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको छलफलमा सहभागी हुनुहुँदै सांसद विश्वकर्माले सो कुरा बताउनुभएको हो ।
साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार (भोली) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयन नभएको बताउनुभएको छ ।
मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले गिरावट आएको छ । आज नेप्से सूचक ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अङ्कले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अङ्क घटेको छ ।