• ३ साउन २०८१, बिहिबार

एकै दिन ६३८ जनामा सङ्क्रमण, दुईको मृत्यु

blog

काठमाडौं, साउन १० गते । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ कोरोना परीक्षण गर्दा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार २१५ पीसीआर परीक्षण गर्दा चार सय र दुई हजार ८४० एन्टीजेन परीक्षण गर्दा २३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१८ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।