• ८ असार २०८१, शनिबार

भक्तपुर क्यान्सर अस्पताललाई पाँच हजार पाउण्ड सहयोग

blog

काठमाडौं, साउन १० गते । हेल्थ एक्सचेन्ज नेपाल (यूके)ले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग स्वरुप पाँच हजार पाउण्ड (सात लाख ६५ हजार रुपियाँ)  प्रदान गरेको छ । हेल्थ एक्सचेन्ज नेपालको तर्फबाट इञ्जिनियर सञ्जिवमान राजभण्डारीले मङ्गलबार भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण गर्नुहुँदै राजभण्डारीले अस्पताललाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हेल्थ एक्सचेन्ज नेपालको तर्फबाट नेपालको अधिकांश क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गराएको जानकारी पनि राजभण्डारीले दिनुभयो  ।

अस्पतालका निर्देशक पौडेलले पाँच हजार (पाउण्ड) सहयोग स्वरुप उपलब्ध भएकोमा अस्पतालको तर्फबाट धन्यवाद दिनुभयो । उक्त रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने प्रतिक्षा हल निर्माण कार्यमा प्रयोग गर्ने पौडेलले बताउनुभयो । निर्माण हुने उक्त हलको नाम स्व.विवेकबहादुर प्रधान राख्नको लागि पहल गर्ने जानकारी उहाँले दिनुभयो ।