लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन अनिवार्य राख्नुपर्ने भएको छ। अधिकांश सार्वजनिक सवारीमा डस्टबिन नहुँदा सडक फोहोर हुने गरेको छ। यात्रुका क्रममा यात्रुले बसबाहिर फोहोर फाल्ने गर्दा वातावरणसमेत प्रदूषण हुने गरेको छ। विशेष गरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ।
बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ। पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण गरिएसँगै पार्क आकर्षक देखिएको छ।
दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
साउन महिनाको दोस्रोे सोमबार हिन्दुु धर्मावलम्बी नारीले भगवान् शिवको पूजा आराधना गरी मनाइएका छन् । साउनको सोमबार शिवको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि हिन्दुु नारीले शिव मन्दिरमा गएर पूजा गरेका छन् । विशेषगरी महिलाले हरियो रङका वस्त्र, चुरा र मेहेंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा÷पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । गाउँपालिका–८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बाल विकासका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गर्नुभएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरीलाई आइतबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकको प्रत्यक्ष निगरानीमा उहाँको उपचार भइरहेको जानकारी मेडिसिटी अस्पतालले दिएको छ।
प्रतिनिधि सभाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गरेको छ। राष्ट्रिय सभामा उत्पति भएको विधेयकको दफावार छलफलसमेत सदनमै गरेर विधेयक पारित गरिएको हो। अब विधेयक पारितको सन्देश राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया प्रारम्भ हुनेछ।
बालबालिकामा एडिनो भाइरसको सङ्क्रमण देखिएको छ। कान्ति बाल अस्पतालको बहिरङ्ग विभागमा आएका बिरामी उक्त भाइरसबाट सङ्क्रमित पुष्टि भएको हो। कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा कडा ज्वरोको सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरूको नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। टेकु प्रयोगशाला पठाइएका १३ नमुनामध्ये १२ जनालाई एडिनो भाइरसको सङ्क्रमण पुष्टि भएको हो। कान्ति बाल अस्पतालका निर्देशक डा. युवा बसौलाले १३ जना बालबालिकाको नमुनाका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा १२ जनालाई एडिनो भाइरस पुष्टि भएको जानकारी दिनुभयो । एडिनो भाइरस नयाँ नभएको जानकारी दिँदै उहाँले विगतमा पनि यो भाइरस देखिने गरेको बताउनुभयो। एडिनो भाइरस सर्ने भन्दै उहाँले भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा सङ्क्रमण हुन सक्ने बताउनुभयो।
कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा परी तीन सय ९२ जनाकोे ज्यान गएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदनले कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखाएको हो ।
कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।
वार्षिक बजेटमा करका दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समिति ‘करिब सुराकविहीन’ बनेको छ। डिलिट भइसकेको भनिएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरबाट नयाँ प्रमाण प्राप्त गर्ने आशमा रहेको समितिले ठोस तथ्य फेला पार्न नसकेपछि म्याद सकिन दुई दिनअघि करिब प्रमाणविहीन अवस्था बनेको हो।
सरकारले देशभरका नौवटा रुग्ण उद्योग सञ्चालनमा ल्याउन आवश्यक अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनका लागि अध्ययन सँगसँगै कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । आपूर्ति मन्त्रालयलका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा रुग्ण उद्योग अध्ययन तथा सञ्चालन कार्यविधि समिति गठन गरिएको छ ।
सङ्खुवासभामा यस वर्ष पहिरोले दर्जनौँ घर परिवार विस्थापित बनाएको छ। बाढी र पहिरोले नागरिकलाई विस्थापित मात्र बनाएन विभिन्न संरचनामा समेत क्षति पु-याएको छ। यस वर्ष हालसम्म चिचिला गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्कमा छ। बाढी पहिरोले चिचिला गाउँपालिकामा मात्र १६ परिवार विस्थापित बनाएको छ भने ठाउँ ठाउँमा पहिरो जाँदा सडक तथा गोरेटो बाटोमा क्षति पुगेको छ। पछिल्लो समय पानी पर्न कम भएसँगै भत्किएका सडकलगायत सार्वजनिक संरचना मर्मतका लागि जनप्रतिनिधिसँगै स्थानीय श्रमदानमा जुट्न थालेका छन्।
विगतदेखि नै नेपालमा खेतीपातीका बेला रासायनिक मलको अभाव नियमित आकस्मिकताका रूपमा रहिआएको पाइन्छ। कृषिप्रधान मुलुकमा बर्सेनिजसो लगभग त्यही समयमा रासायनिक मलको अभावले कृषकको भइरहेको हुन्छ। यो पटक मल अभाव हुँदैछ भन्ने सरकार तथा सरोकार निकायका प्रतिबद्धता भए पनि किसानका लागि ती प्रतिबद्धता काम लाग्दैनन्। यो नियतिको क्रमभङ्गता हुन सकेको छैन। समस्याको दिगो समाधान गर्न हालसम्म कुनै ठोस नीति, नियम कार्यान्वयन हुन सकेको छैन। मलका नाममा झेल र भ्रष्टाचार हुने गरेको नौलो होइन।