• १६ चैत २०८०, शुक्रबार

सार्वजनिक यातायातमा ‘डस्टबिन’ अनिवार्य

blog

मीना कँडेल

कावासोती, साउन ११ गते । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन अनिवार्य राख्नुपर्ने भएको छ। अधिकांश सार्वजनिक सवारीमा डस्टबिन नहुँदा सडक फोहोर हुने गरेको छ। यात्रुका क्रममा यात्रुले बसबाहिर फोहोर फाल्ने गर्दा वातावरणसमेत प्रदूषण हुने गरेको छ । विशेष गरी  लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ । 

सवारी चालक वा सवारी धनीले डस्टबिन एउटा न एउटा बहाना बनाउने गरेका छन्। फोहोर व्यवस्थापनका लागि सार्वजनिक बसमा डस्टबिन नहँुदा यात्रुले झ्यालबाट बाहिर फाल्ने गर्छन्। 

वीरगञ्जदेखि भैरहवासम्म चल्ने बसमा पनि डस्टबिन भेटिँदैन्, बस चालक वसन्त कार्कीलाई डस्टबिन किन नराखेको भन्ने जिज्ञाशामा उहाँले सोही दिन मात्र नराखिएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, पहिला डस्टबिन राखेको थिए फोहोर भएर हिजो निकालेको अब अर्को डस्टबिन राख्ने हो। भैरहवा जाँदै गरेको बसका चालक कार्कीले डस्टबिनको सट्टा पोलिथिन प्रयोग गरेको बताउनुभयो। डस्टबिनको प्रयोग नगरे पनि गुणस्तरको पोलिथिन थैलोको प्रयोग गर्दै आएका छौँ, उहाँले थप्नुभयो। 

लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रीले गन्तव्यमा नपुग्दासम्म जङ्कफुड (चाउचाउ, बिस्कुट, कुरमुरेलगायतका खानेकुरा) खाने गर्छन् खोल डस्टबिन नभएपछि झ्याल बाहिर फाल्छन्। सडकमै जहाँ पायो त्यहीँ फोहोर हुने गरेको छ। वातावरणविद्हरू यसको उचित व्यवस्थापन हुनुपर्ने बताउँछन्। मानव बस्तीमा वान्ता गरी सडकमै फाल्ने गरेको नारायणगढबाट सुनवल बस यात्रारत समीर राना बताउनुहुन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले सार्वजनिक यातायातमा डस्टबिन अनिवार्य राख्न आग्रह गर्न‘का साथै समय–समयमा अनुगमन पनि गर्ने गरेको जानकारी दिनुभयो। डस्टबिन नराख्नेलाई जरिवाना एवं आवश्यक कारबाही हुने गरेको छ। नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहोरमैला व्यवस्थापन केन्द्रले सार्वजनिक सवारीसाधनबाट निस्कासन हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापनका लागि गुणस्तरको पोलिथिन र डस्टबिन अनिवार्य राख्न आग्रह गरेको छ।