• १९ असार २०८१, बुधबार

नागरिकता विधेयक प्रक्रियाप्रति सांसद पौड्यालको असहमति

blog

फाइल तस्बिर

काठमाडौं, साउन ९ गते । राष्ट्रिय सभा सांसद डा. विमला राई (पौड्याल)ले नागरिकतासम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिनुहुँदै सांसद पौड्यालले सो आरोप लगाउनुभएको हो ।

उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पार्नुभयो । विधेयक प्रक्रिया मिचेर ल्याउनुले संसदको अवमूल्यन गरिएको उहाँले बताउनुभयो ।

छोराले विदेशी बुहारी ल्याउँदा सहजै नागरिकता पाउने तर छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुको लैङ्गिक विभेद र पितृसत्ताको बलमिच्याइँ प्रष्ट रुपमा देखिएको सांसद पौड्यालको भनाइ छ ।