जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि हवाई कम्पनी सम्पर्कमा आउने क्रम बढेको छ । कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको यस विमानस्थलमा कात्तिक १३ गते (अक्टोबर ३०)देखि विज एयरले यूएईको अबुधाबीबाट साताको तीन उडानका लागि प्राधिकरणसँग अनुमति मागेको हो ।
आर्थिक रूपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले तीन अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ ।
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमई प्लेटफर्मको व्यवस्था गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आव २०७९/८० को नीति तथा कार्यक्रममार्फत साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुनेगरी एसएमई प्लेटफर्मको व्यवस्था गर्न लागेको हो । साना कम्पनीको सेयर कारोबारमा हुने गरेको कर्नरिङ नियन्त्रण गर्न यस्तो व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।
अपर तामाकोसी जलविद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित भदौ ३ गते १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्नेगरी कम्पनीले १ः१ हकप्रद सेयर जारी गर्ने योजना बनाएका कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्यामा वृद्धिलगायतका विषयमा सम्बद्ध पक्षले ध्यान पु-याउनुपर्ने बताउनुभएको छ।
विगतमा उच्च शिक्षाका लागि फलामे ढोका मानिने त्यतिबेलाको प्रवेशिका परीक्षा (एसएलसी) को समकक्षमा राखिएको हालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को २०७८ सालको परीक्षाफल प्रकाशित भएको छ। यो नतिजाले माध्यमिक शिक्षा प्रणालीको गुणस्तर सम्बन्धमा विभिन्न प्रश्न उठेको छ। ती प्रश्नहरूले शिक्षाको गुणस्तर सुधारमा ढिला नगर्न चुनौती दिएको छ। एसईईको नतिजाले विगतको दाँजोमा यस पटकको नतिजा कमजोर देखिनु भनेको यसको दीर्घकालीन असरसमेत हुन्छ । नयाँ निर्देशिका कार्यान्वयनमा आएको भए अवस्था अझै जटिल हुने थियो। शिक्षा क्षेत्रमा वार्षिक ७० अर्ब रुपियाँभन्दा बढी बजेट सरकारबाट छुट्याइने भए पनि लगानीअनुरूपको प्रतिफल हासिल हुन नसक्नु गम्भीर विषय हो। शिक्षासम्बद्ध सरकारी निकायले एसईईमा यसै वर्षदेखि नयाँ निर्देशिका जारी गरेर नतिजा प्रकाशित गर्ने गृहकार्य गरेको थियो तर य
नेपाली समाज भर्खरै परम्परावादी निर्वाहमुखी अर्धसामन्ती कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक पुँजीवादी अर्थतन्त्रको दिशामा पाइला टेक्दैछ। यो अवस्थालाई हेरेर सरकारले अर्थ राजनीतिक क्षेत्रमा देशलाई तीव्र औद्योगिकीकरण पुँजीवादको नीति अवलम्बन गर्दै देशलाई समाजवाद उन्मुख आधार निर्माण गर्न आवश्यक छ। झट्ट हेर्दा हाम्रो देशमा उदार पुँजीवादजस्तै देशमा खुलाबजार अर्थतन्त्र, निजी क्षेत्रको लगानी विस्तार ढाँचामा जान लागेको हो कि भन्ने देखिए पनि त्यसको कुनै गति छैन। हामी अर्थ राजनीति क्षेत्रमा धेरै अलमलको अवस्थामा छौँ। जतिसुकै लगानीमैत्री वातावरण बनाउँछौँ भने पनि हुन सकेको छैन। त्यसका कारण के के हुन त्यता पनि ध्यान छैन । योजनाबिनै दुई अङ्कको आर्थिक वृद्धिदरको नारा फलाक्नु कति जायज होला ?
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।
राष्ट्रियताका सम्बन्धमा गरिने विवेचनामा ‘देशभक्ति’ अन्योन्याश्रित रहने भावनात्मक तत्त्व हो। देशभक्ति भन्नु देशप्रतिको प्रेम, आस्था, सम्मान, गौरवको अभिव्यक्ति हो। देशभक्ति व्यक्तिगत रूपमा बढी प्रकट हुन्छ। देशको भूगोलप्रतिको अपनत्व, इतिहासप्रतिको गौरवानुभूति, जनताप्रतिको प्रेम वा भातृत्व भावना, देशका अमूर्त वा भौतिक सम्पदा संस्कृतिप्रतिको मोह वा श्रद्धा आदि सबै देशभक्ति भावनाद्वारा निसृत हुने विषय हुन्। ती सबैमा मुलुकवासीको साझा भावना गाँसिएको हुन्छ। देशवासीको तिनकाप्रति रहने आस्था एवं विश्वासको वैयक्तिक श्रद्धानुभूति नै देशभक्ति भावना हो। इतिहासमा देशभक्ति भावनाले ओतप्रोत भएर हजाराँै नेपाली वीरले नेपाल निर्माणका खातिर रगत बगाएथे। नेपाल एकीकरणकालीन कालखण्ड नेपाली वीरहरूको देशभक्ति गाथाले भरिएको पाइन्छ। कत्रो देशभक्तिको भावना थियो मुलुक निर्माण र रक्षाका लागि! गाइनेहरूले सारङ्गी रेट्दै देशभक्तिका गाथाहरू गाउँदै हिँडेथे। आमाहरूले जवान छोराहरूलाई देशका खातिर शत्रुहरूसँग मुकाविला गर्दै रणभूमिमा विजयी भएर आउने आशीर्वाद दिएथे, त्यो देशभक्ति हो।
केही दिनअघि विभिन्न सञ्चार माध्यममा पर्साको कालिकामाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्दा तोकिएको समयमा बजेट आउन नसकेको, उपाध्यक्षलगायत गाउँ सभाका बहुमत सदस्यले सभाको बैठक बहिस्कार गरेको, राजस्व परामर्श समितिको बैठकसमेत नबसेको, वडामा बजेटको सिलिङ कम दिएको, अध्यक्षले मनपरी बजेट निर्माण गरेको, उपाध्यक्षको टिम अध्यक्षविरुद्ध पत्रकार सम्मेलन गर्न वीरगञ्ज पुगेको, यस्तायस्तै विषय समावेश भएको समाचार आयो।
आजकल यस्तो लाग्छ कि साउन महिना सुरु हुनु भनेको बजारमा हरिया, पहेँला पोते, चुरा र पहिरनहरूको सजिसजाउ हुनु। महिलाको सिउँदोमा सिन्दुर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने रन्को बढ्नु हो। अवश्य पनि पौराणिक प्रचलन र संस्कारलाई हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाएको प्रसङ्ग जोडिएर आउँछ। यसले श्रीमान्–श्रीमतीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्दछ तर भगवान् शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारिता सबै पक्षलाई बिर्सेर केवल शृङ्गार र शारीरिक सौन्दर्यतामा ध्यान दिएर मात्र, श्रीमान्का लागि प्रेम दर्शाएको भन्दा व्यावहारिक नहोला। त्यसमा पनि शिव मन्दिरको दर्शन गर्नु, शिवलिङ्गको पूजा गर्नुलाई वास्तविक अर्थ नै नबुझी व्याख्या र विश्वास गरिएको पाइन्छ । समर्थगुरु सिद्धार्थ औलिया बताउनुहुन्छ,
जिल्लामा सम्बन्ध विच्छेदको समस्या उच्च देखिएको छ। जिल्ला अदालत गोरखामा एक आर्थिक वर्षभित्र दर्ता भएका मुद्दामध्ये ४८.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। जिल्ला न्यायाधीश दीनबन्धु बरालका अनुसार आर्थिक वर्ष २०७८/८९ मा मात्र ४३४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। “बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगार, मानसिक, शारीरिक कष्ट, मनमुटाव, घरेलु हिंसाजस्ता कारणले सम्बन्ध विच्छेदका घटना बढेको देखिन्छ,” उहाँले भन्नुभयो, “यसैगरी अनावश्यक शङ्का र सामाजिक सञ्जालको दुरुपयोगले पनि यसलाई बढ्न मद्दत गरेको छ।” सम्बन्ध विच्छेदका कारण जिल्लामा पारिवारिक कलह बढ्दै गएको आशङ्का उहाँको छ। सोहीअनुरूप सम्बन्ध विच्छेदका कारण र समाधानका उपायबारे समाजशास्त्रीले अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ। सम्बन्ध विच्छेदका घटना कम गर्न सरोकारवालाले अभियान पनि चलाउनुपर्ने देखिएको छ।
बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भएको टाँगिया बस्तीक्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार लगत लिने कार्य सम्पन्न भइसकेको भन्दै बिहीबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले विद्युतीकरण रोक्न आग्रह गरिएको बताउनुभयो।
झापाको दमकमा निर्माण गर्ने भनिएको दमक ‘क्लिन’ औद्योगिक पार्क निर्माणमा ढिलाइ भएको आवाज उठ्न थालेको छ । पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा धनीका साथै स्थानीयले पार्क निर्माणमा ढिलाइ भएको भन्दै यथाशक्य छिटो पार्क निर्माण थाल्न दबाब दिँदै आएका छन्।