२०७८ कात्तिक २ गतेको बेमौसमी वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित टीकापुरमा यसवर्ष पनि जोखिम घटेको छैन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउन उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा आइपुग्नुभएका उद्योगमन्त्री बडूले उद्योगी व्यवसायीसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । उद्योगी व्यवसायीसँग मन्त्री बडूले देशको अर्थतन्त्र सहज नभएको भन्दै बढ्दो आयात र अपेक्षाअनुसार निर्यात नहुँदा व्यापार घाटा बढेको बताउनुभयो ।
सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’का प्रयोगकर्ता एक लाख नाघेका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे सञ्चालनमा छ । कोभिड–१९ ले सिर्जना गरेको जटिल परिस्थितिकै अवस्थामा कम्पनी सुरु गरे पनि पछिल्लो समय यसका प्रयोगकर्ताको आकर्षण बढिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । “समयमै उपकरण आपूर्ति नहुनेजस्ता समस्या हुँदाहुँदै पनि यहाँसम्म आइपुग्नु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो ।
कृषिमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० अर्ब रुपियाँ पाएको छ । यो चालू आर्थिक वर्षको नियमित बजेटबाहेकको रकम भएको मन्त्रालयले जनाएको छ । तीनदेखि पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्यसहित कृषि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यिनै कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले यस पटक आत्मनिर्भर शीर्षकमै १० अर्ब रुपियाँ दिएको हो ।
सन् २०२२ को सुरुका महिनामा केही सुधारको सङ्केत देखिए पनि त्यसपछिका महिनामा भने विश्व अर्थतन्त्रमा जोखिम देखिन थालेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलबार सार्वजनिक गरेको संशोधित ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको उल्लेख गरेको हो । खासगरी चीन र रुसमा आएको मन्दीबाट उत्पादनमा सङ्कुचन आएको र विश्वका ठूला अर्थतन्त्रले उच्च मुद्रास्फीति सामना गरिरहनुपरेकाले पनि विश्व अर्थतन्त्रमा समस्या देखिन थालेको आईएमएफको प्रतिवेदनमा उल्लेख छ । रुस र युक्रेनबीचको युद्धका नकारात्मक असरबाट पनि विश्व अर्थतन्त्र प्रभावित बनेको जनाइएको छ ।
सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको हो ।
राप्ती लोकमार्गको सल्यान–रुकुम सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढाँरेगैराको रुट २२ वर्षमा पाँचौँ पटक फेरिएको छ । पटक पटक एउटै स्थानमा रुट फेर्दा सडक छेउका जग्गा सखाप भएको स्थानीय बासिन्दाले बताएका छन् ।
दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।
कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा ११ वटा पुल निर्माण सम्पन्न गरिएको छ । करिब एक अर्बको लागतमा महìवपूर्ण पुलहरू निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० र पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले एक पुल गरेर ११ पुल निर्माण गरिएको हो । यससँगै सडक डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० मा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य रहेको इन्जिनियर पियूस चटौतले बताउनुभयो ।
दाङमा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनका चालकहरूको आँखा जाँच गर्दा ११ प्रतिशतभन्दा बढीमा ‘कलरभिजन’ (रङ छुट्याउने) को समस्या देखापरेको छ । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय दाङले सडकमै चालकको आँखा जाँच अभियान सुरु गरेको हो ।
लुम्बिनी प्रदेश सभाका चारवटा विषयगत समितिले करिब डेढ वर्षपछि बल्ल पूर्णता पाएको छ। सरकार फेरबदल र राजनीतिक खिचातानीका कारण रिक्त रहेको डेढ वर्षपछि पूर्णता पाएको हो। समितिले पूर्णता पाएसँगै अब विषयगत समितिमा नेकपा एमालेले तीन र राष्ट्रिय जनमोर्चाले एक समितिमा सभापतिको नेतृत्व गरेका छन्। प्रदेश सभाको कार्यकाल सकिने बेला विषयगत समितिलाई पूर्णता दिइएको छ।
सवारी करको जरिवानास्वरूप लिन थालिएको दुई सय प्रतिशत जरिवाना गण्डकी प्रदेश सरकारले घटाएको छ। अब सवारी करमा २० प्रतिशत मात्रै जरिवाना लाग्ने भएको छ। चर्को जरिवानाको सडक र सदन दुवैतिर तीव्र आलोचना भएपछि प्रदेश सरकार निर्णय सच्चाउन लागेको हो।
नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ। कार्यक्रममा नेपाली कांगे्रसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय र लगनका साथ काम गर्ने व्यक्तित्वको पहिचान रहेको उल्लेख गर्नुभयो।
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो।
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमा आङ डोमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । विहीबार भएको केन्द्रको सातौं महाधिवेशनले नयाँ समिति चयन गरेको हो ।