• ११ वैशाख २०८१, मङ्गलबार

‘निष्ठाको यात्रा’ लोकार्पण

blog

काठमाडौँ, साउन १३ गते ।  नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष  डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ। 

कार्यक्रममा नेपाली कांग्रेसका  नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय र लगनका साथ काम गर्ने व्यक्तित्वको  पहिचान रहेको उल्लेख गर्नुभयो। 

उहाँले ‘डा. बास्कोटाले राजनीति, समाजसेवा, सामाजिक, धार्मिक सबै आयाममा सफल व्यक्तित्वका रूपमा आफूलाई  उभ्याउन सक्नुमा निष्ठापूर्वक काम गरेरै हो’ भन्नुभयो।  

लेखक डा.बास्कोटाले भन्नुभयो, “यस पुस्तकमा मेरो जीवनको अर्धशतकीय कर्म विवरण झल्किनुका साथै कर्मशील जीवन–यात्रामा बेहोरेका बाधा–व्यवधान, सफलताको सङ्क्षिप्त रूपमा उतारेर यसलाई पाठकसामु अर्पण गरेको छु।”

नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाप्रति समर्पित निष्ठाको यात्रामा डा. बास्कोटाको जन्म, शिक्षा, राजनीतिदेखि कञ्चनजङ्घा टी–स्टेटको सुरुवात, सहकारी आन्दोलन र अध्यात्मको प्रारम्भसम्मका आरोह–अवरोह समेटिएका छन्।