• ७ वैशाख २०८१, शुक्रबार

शेर्पा साँस्कृतिक केन्द्रको अध्यक्षमा आङ डोमा निर्वाचित

blog

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको नवनिर्वाचित कार्यसमिति र अतिथिहरु । तस्बिर गोरखापत्र

काठमाडौं, साउन १३ गते । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमा आङ डोमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । विहीबार भएको केन्द्रको सातौं महाधिवेशनले नयाँ समिति चयन गरेको हो । 

नयाँ कार्यसमितिमा आङ डोमा शेर्पाको अध्यक्षमा ३३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्षमा दावाछिरी शेर्पा, प्रथम उपाध्यक्षमा पासाङछिरी शेर्पा, द्धितिय उपाध्यक्षमा मिङमा शेर्पा र ङिमा शेर्पा, महासचिवमा छोटी शेर्पा, सचिवमा राजेश शेर्पा, फुटी शेर्पा, कोषाध्यक्षमा बहादुर शेर्पा, सह–कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । 

हिमाली क्षेत्रसँग सम्वन्धित रहेर भाषा, परम्परागत संस्कृति, रितीरिवाजहरुको संरक्षणका लागि केन्द्रले भूमिका निर्वाह गर्दै आएको छ ।  २०४९ सालमा स्थापना भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म नयाँ युवापीँडिलाई संस्कृति चालचलन पुस्तान्तरण गर्न समेत महत्वपुर्ण भूमिका खेल्दै आएको महासचिवमा छोटी शेर्पाले जानकारी दिनुभयो । 

जोरपाटी स्थित शेर्पा पार्टी प्यालेस सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य जिपछिरिङ शेर्पा, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा लगायतको उपस्थिती रहेको थियो ।