• ४ साउन २०८१, शुक्रबार

महिला प्रतिनिधित्व बढाउनुपर्छ

blog

काठमाडौँ, साउन १३ गते । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।

सङ्घीय संसद् सचिवालयद्वारा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रियामा सभामुख सापकोटाले महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै मुख्य जिम्मेवार हुने विचार व्यक्त गर्न‘भयो । उहाँले भन्नुभयो, “महिला नेतृत्व अगाडि बढाउन पार्टीले नै जोडबल गर्नुपर्छ ।” 

उहाँले महिला नेतृत्वले दलमा निर्णायक भूमिका खेल्नुपर्ने र दलमा पनि आन्तरिक लोकतन्त्र हुनुपर्ने विचार व्यक्त गर्न‘भयो । उहाँले समाजमा रहेको पितृसत्तात्मक दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै दृष्टिकोण नबदलेसम्म परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले गत स्थानीय निर्वाचनमा दलगत मतदानमा मतदाताको अरुचि देखिएको प्रसङ्ग उठाउँदै यो लोकतन्त्रमाथिको खतरा भएको र अब दलहरू सच्चिनुपर्ने बताउनुभयो । 

उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेतृत्व र व्यक्तित्व विकासका लागि संसद् महìवपूर्ण स्थान भएकाले आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउनैपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले महिलाको नेतृत्व स्थापित गर्न खोजेका छौँ । त्यसका लागि संसद् सबैभन्दा उपयुक्त ठाउँ हो ।”  उहाँले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचनमा अवसर दिनुपर्ने धारणा व्यक्त गर्न‘भयो । उहाँले संविधानमै महिला समानताको व्यवस्था भएको र नेपालले भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदन गरेको समेत उहाँले उल्लेख गर्न‘भयो । 

पूर्वसभामुख ओनसरी घर्तीले २०६४ को संविधान सभामा महिला प्रतिनिधित्व उल्लेख्य भए पनि त्यसपछिका संसद्मा महिलाको सङ्ख्या खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।