तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ ।
१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो ।
गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीमा थप चुनौती थपिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा डेङ्गु १२ महिना नै देखिन सुरु गरेको र यो जलवायु परिवर्तनको असरका कारण हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यस पटक मङ्सिरदेखि फागुनजस्तो जाडो महिनामा पनि डेङ्गु सङ्क्रमण बढेको छ। जनवरीयता पाँच सयभन्दा धेरै जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ।”
नेपाली कांग्रेसको अडानका कारण आइतबार राति बस्ने सर्वदलीय बैठक बस्न नसकेपछि मत गणना अझै अन्योलमै छ ।
राजधानी काठमाडौंमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिमका प्रदेशका महत्त्वपूर्ण योजना सम्पन्न गर्न प्रधानमन्त्रीसमक्ष माग गर्नुभएको छ ।
चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।
झापा घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आउनुभएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ।
बागमती प्रदेशभित्र तामाङ र नेवारी (नेपाल) भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ । बागमती प्रदेशभित्र नेपालीसँगै सरकारी कामकाजको भाषामा तामाङ र नेवारी (नेपाल) भाषा प्रयोगमा ल्याउनेसम्बन्धमा अध्ययन बनाइएको समितिले मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आइतबार सिफारिससहित प्रतिवेदन बुझाएको हो ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।
प्रहरीले अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका –१२ गुर्जे निवासी अटोचालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट पक्राउ गरेको छ ।
तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन्। विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ कार्यक्रममा सञ्चारकर्मीलाई सम्मान गरिएको हो।
कीर्तिपुर नगरपालिका –४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दैआएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ स्थापना भएको काउन्सिलले पत्रकारिताको क्षेत्रमा देखिएका बेथिति, विसङ्गति र दुष्प्रचारको अन्त्यगरी पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयन गर्दैआएको छ ।
अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।