कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
बैतडीका स्थानीय तहमा ६४ करोड रुपियाँभन्दा बढी बेरुजु थाती रहेका बेला सुर्नया गाउँपालिकाले नियम विपरीत अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरी मासिक ३४ हजार रुपियाँ तलब सुविधा दिन थालेको छ।
अमेरिकामा महिलामा हुने क्यान्सरमध्ये ५१ प्रतिशत तथा क्यान्सरले हुने मृत्युमा २८ प्रतिशत स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सर कारक हुन्छ । विकसित देशको क्यान्सर सूचीमा स्तन क्यान्सर माथि भए पनि विकासोन्मुख देशमा स्त्री जननेन्द्रिय क्यान्सर त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिएको छ ।
कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।
दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्।
लाइब्रेरी अर्थात् पुस्तकालय भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्ने गर्छौं पुस्तकहरूको घर । नेपाल शब्दकोषमा लेखिएको अर्थ पनि यही नै हो । जहाँ पुस्तकप्रेमीहरू विभिन्न खालका पुस्तक अध्ययन गर्नका लागि जान्छन् तर
निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचवटा पुल अधुरै अवस्थामा रहेका छन् । ती पुलको निर्माण पूरा नहुँदा एकातिर विकास निर्माणको काम रोकिएको छ भने अर्कातिर सो क्षेत्रका स्थानीयवासीलाई आवागमनमा समेत समस्या भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको छ ।
दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बीपी मार्गअन्तर्गत सिमलतारा–मूलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक स्तरोन्नतिको काम सुरु भएको छ। बीपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नतिको काम अघि बढेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै अबको नयाँ सरकार कसको भन्नेमा चासो बढेको छ। प्रदेश प्रमुख बाहिर भएकाले पनि अधिकारी नेतृत्वको सरकार ढलेको एक दिन हुँदा पनि सरकार गठनका लागि आह्वान हुन सकेको छैन।
नेपालमा आठौँ योजनादेखि विकासमा निजी क्षेत्रको भूमिकालाई आत्मसात् गरी विकास प्रक्रियामा निजी क्षेत्रको संलग्नता र लगानीलाई प्रोत्साहन गरिएको हो । नेपालको वर्तमान संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रूपमा लिएको छ । संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । साथै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महŒव दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम
आज ११ वैशाख । वि.सं २०६३ साल राजाले नागरिकसामु आत्मसमर्पण गरेको दिन । नेपाली नागरिकले तेस्रो पटक लोकतन्त्र बहाल गरेको दिन । माओवादीले १० वर्ष लामो हत्या र हिंसाको राजनीति छाडेर शान्तिपूर्ण ढङ्गमा दलहरूसँग सहकार्य गरेर सफलता प्राप्त गरेको दिन । दोस्रो जनआन्दोलन सफलतापछि १७ वर्ष पूरा भएको दिन । यही जगमा मुलुकबाट २४० वर्ष शासन जमाएको राजतन्त्र समूल नष्ट भएको १५ वर्ष पूरा हुन भने पाँच हप्ता बाँकी छ । बितेका वर्षको गणना नै गर्ने हो भने आफ्ना दाजु वीरेन्द्रको सपरिवार हत्यापछि माहिला भाइ अधिराजकुमार ज्ञानेन्द्रले महाराज हुने अवसर पाएको २२ वर्ष पूरा हुन पनि त्यस्तै पाँच हप्ता बाँकी छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शिक्षाको शाब्दिक अर्थ ल्याटिन भाषाको एडुकाटस शब्दबाट आएको हो, जसको अर्थ आरम्भको अज्ञानको अवस्थाबाट बिस्तारै ज्ञान–प्राप्तिको अवस्थामा लगिने क्रमलाई जनाउँछ । मानिसले जन्मेदेखि नै केही न केही सिकिरहेको हुन्छ । मानव समाजको प्रारम्भिक कालदेखि नै ज्ञान आर्जनको प्रक्रिया कुनै न कुन रूपमा रहेको पाइन्छ । प्राचीन वैदिक समयमा गुरुकुल शिक्षा पद्धति प्रचलनमा थियो भने समयको मागअनुरूप शिक्षा लिने दिने क्रममा परिवर्तन आउँदै गयो तापनि शि