मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख र जाजरकोट जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भइरहेका छन् । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थल बजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् ।
पखेटामा गन्तव्य सिउरिँदै स्वतन्त्र उडिरहेकै छन् चराहरू बिहानीको दैलो उघार्दै उज्यालो छरिरहेकै छन् घामका किरणहरू ताराहरूको मालाले सिँगारिएको आकाशबाट
मेट्नु छ, भित्तामा कोरिएका सन्दर्भहीन अक्षरहरू फोड्नु छ, तह नमिलेका विभेदका पर्खालहरू भन्यो समयले
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडान प्रभावकारी बनाउन पाँचवटा नयाँ जहाज किन्ने तयारी गरेको छ । चीनसँग खरिद गरेका छवटा जहाज ग्राउन्डेड भएको दुई वर्षपछि निगमले यस्तो योजना बनाएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभाग यथाशीघ्र गठन गरिने बताउनुभएको छ । पार्टीका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभापति देउवाले विभाग गठन चाँडै गरिने बताउनुभएको हो ।
तिमी र म जसै प्रेममा डुब्छौँ कोठाभित्र आकाश नियाल्न आइसकेको हुन्छ आहा, कोठा नै आकाश भइदिन्छ, अँध्यारो आकाश ! हुन पनि प्रेमका लागि अँध्यारो नै आनन्द
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीहरूलाई उच्च मनोबल र उत्साहका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजना हुन लागेको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीहरूलाई बिदाइ गर्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो । “राष्ट्रपति रनिङ सिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरूले उच्च मनोवल र उत्साहसाथ प्रस्तुत हुनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।
“एक्लो बृहस्पति झुटो हुन्छ भनेर– नयाँ भावना, नौलो धारणा र नवीन आविष्कारलाई प्रकाशित हुन, प्रसारित गरिन, हलक्क बढ्न यथास्थितिवादले जुनसुकै समाजमा सधैँ रोकेको हुन्छ । यसरी ज्ञानका उज्याला किरणहरूलाई छेक्न खोज्नु हुट्टिट्याउँले सगर थाम्नु जस्तै हो । तापनि हुट्टिट्याउँहरूकै बिगबिगीमा तपाईं बाँच्न, सङ्घर्ष गर्न र सफलताका भ¥याङहरू उक्लन बाध्य हुनुहुन्छ । तर पछि गएर आजको एक्लो बृहस्पति नै पूज्य हुन्छ । अनुकरणीय र स्मरणीय हुन्छ । इतिहासको निर्माण यसरी नै हुँदै आएको छ ।”
मैले करिब तीस वर्षअघि भेट्दा तारानाथ शर्मा ताना सर्माबाट तारानाथ शर्माको रूपमा पुनः फर्किसकेको थियो । प्रखर समालोचक, माक्र्सवादी चिन्तक, फ्रिडियन उपन्यासकार– तारानाथ सरको पुरानो परिचय । आक्रामक निबन्धकारबाट मिलनसार, शालीन र आदरणीय व्यक्तित्व, सन्तुलित लेखक र अलिकति राजावादी, अलिकति प्रजातन्त्रवादी– नयाँ चिनारी तारानाथ सरको । उहाँ दुई जना छोराको बुबा, नियात्राकार; अनुवादक; विश्व साहित्यको विद्यार्थी; कवि; लचिलो समालोचक; गीतकार र मिजासिलो निबन्धकार– मैले भेटेको तारानाथ शर्मा ।
आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले घोराही उपमहानगरपालिका–१३, नयाँ बसपार्कमा मगर जातिको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।नयाँ पुस्ताले विस्तारै मौलिक संस्कृति र परम्परा बिर्संदै गएकोमा चिन्तित देखिनुहुन्छ, मगर समुदायका अगुवा प्रेम बुढामगर ।नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय स्थापना गरिएपछि उहाँ खुसी हुनुहुन्छ ।
सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैजानुभएको वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गर्नुभएको छ ।
भरतपुर महानगरपालिका–२२ मा ‘सोल्टी पटिहानी रिसोर्ट’ साउनदेखि सञ्चालनमा आउने भएको छ । पश्चिम चितवनको पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन र सोल्टी होटलबीच सम्झौता भएपछि नाम परिवर्तन गरेर सोल्टी पटिहानी रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।
केही वर्षयता सर्लाहीका प्रत्येक बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन थालेका छन् । बस्तीका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएपछि गाउँघरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भएका हुन् । अहिले युवा उमेरका पुरुष घरमा भेट्न मुस्किल हुँदै गएको छ ।
घरबाट भारत जान भन्दै आएका एक व्यक्तिले दिएको जडीबुटी खाँदा अछाममा एक व्यक्तिको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् । चौरपाटी गाउँपालिका–४ पालयका ४२ वर्षीय गणेश खत्रीको नचिनेको जडिबुटी खाएर ज्यान गएको मृतकका दाजु दीपक खत्रीले जानकारी दिनुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ ।