काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले तीनवटै जिल्लाको गुरुयोजना निर्माण सुरु गरिएको जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर रहेर समर्थन गर्ने घोषणा गरेका हुन्। जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्नेमा अझैसम्म निर्णय गरेको छैन।
नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन, घुस नखुवाईकन हुने दिन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। मन्त्रालयमा सोमबार बेलुका पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य बन्द हुनुपर्नेमा जोड दिनुभयो। संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन हुनेसमेत बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताउनु भएको छ ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा प्रकाशित नेपाली प्रसिद्ध परम्परागत मूर्तिकारहरू, मूर्तिकला: आयामिक रूपान्तरण, मूर्तिकार सोधमूलक जीवनी र अन्तरवार्ता तथा विचार र प्रस्तुतिमा नेपाली आधुनिक मूर्तिकारहरू पुस्तक सोमबार सार्वजनिक गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा हुने भएको छ ।
पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ ।
नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिनुभएको छ ।
यही जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको बैङककमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ छनोट हुनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित साँवा माध्यमिक विद्यालयको पक्की भवन निर्माण हुनेभएको छ । एक अन्तर्राष्ट्रिय संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक सहयोगमा आठ कोठे पक्की भवन निर्माण हुने भएको हो ।
नेपाली समालोचनाको इतिहासमा विगत ६ वर्षदेखिको श्रम, साधना र समर्पणबाट सर्वाधिक बृहत् ग्रन्थ ‘रत्न बृहत् नेपाली समालोचना’ भाग (३, सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायोगिक खण्ड) को प्रकाशन भएको छ ।