नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गर्नुभएको हो ।
हङकङ क्रिकेट क्लबविरुद्धको आमन्त्रण क्रिकेट बागमती प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा बागमतीले हङकङलाई चार विकेटले हरायो ।
यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ ।
कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
म्यानमारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेत्री आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो ।
नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुनेभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार सत्ता साझेदार दलहरुसँग मन्त्रालय बाँडफाँट सम्बन्धमा छलफलपछि नेता पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको हो ।
देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ ।
शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्नेसहित २५ बुँदे प्रतिबद्धता जनाएका छन् ।