• ११ मंसिर २०८१, मङ्गलबार

फिल्म 'देव वाणी' छायाङ्कनको तयारीमा

blog

काठमाडौं, वैशाख १३ गते । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ छायाङ्कनको तयारीमा छ । फिल्मका निर्माण टिमले आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायाङ्कन जनाएको हो ।

यस्तै, फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्डिङ गरिएको थियो । 

मनोहर सुनामको सङ्गीत रहेको गीतमा गायक प्रताप दास र गायिका सुनिता कार्कीको आवाज छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा कुन्दन भाद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, देव सिंह, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ भने निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुनुहुन्छ । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । 

फिल्म नेपाली र भोजपुरी भाषामा निर्माण हुने बताइएको छ ।