विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताउनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जालले धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने औंल्याएका हुन् । यसैगरी, यस क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा सोमबार भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने सोही ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् ।
काठमाडौंको नागढुङ्गामा फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गममा गएर सेवा दिन तयार नभएको बताउनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराले पहिलो पटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका हुन् ।
काठमाडौं, साउन ३० गते । फिल्म 'पिप्पा'को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजाकृष्ण मेननले निर्देशन गर्नुभएको र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको हो । अक्षयकुमार अभिनित ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को बहुप्रतीक्षित फिल्म हो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भ टिजरमा देखाइएको छ । ओस्कार विजेता एआर रहमानको संगीत रहेको फिल्ममा इशान खतार, मृणाल ठाकुर र प्रियांशु पैंयालु मुख्य भूमिका मा देख्न सकिन्छ । फिल्म भारतीय सेनाका बिग्रेडियर बलराम मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा आधारित रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी रहेको छ ।
श्रीमानले आगो लगाएर जलाइएकी प्रमिला सदाको मृत्यु भएको छ । आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते हुनुभएको सदाको आइतबार राति मृत्यु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध दशरथ रंगशालामा असोज ११ गते हुन लागेको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४७४ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७ कोरोना परीक्षण गर्दा ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
इलामको सूर्योदय नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल रुट निर्माण गर्ने भएको छ ।