• २७ पुस २०८१, शनिबार

‘गरिबका लागि पाँच सय घर निर्माण गर्ने लक्ष्य छ’

blog

काठमाडौं, पुस २७ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भगवती चौधरी सङ्घर्षशील र नेतृत्व क्षमता भएको महिला नेत्री हुनुहुन्छ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा सुनसरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएर चर्चित हुनुभयो ।

भगवती चौधरीले २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा नेता गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरी चर्चामा आउनुभएको थियो । सोअघि दुई निर्वाचनमा उहाँ गच्छदारसँग थोरै मतले पराजित हुनुभएको थियो । निर्वाचनमा चौधरीले ४० हजार ७८८ मत प्राप्त गर्नुभएको थियो भने गच्छदारले ३५ हजार ६०० मत प्राप्त गर्नुभएको थियो ।


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दैगर्दा २०४८ सालमा नेत्री चौधरी अनेरास्ववियूमा सङ्गठित हुनुभएको थियो । दुहबी –३, सुनसरी निवासी पूर्वमन्त्री चौधरी २०५१ सालमा फरवार्ड नामक लघुवित्त संस्था खोलेर काम थाल्नुभएको थियो । अहिले सो संस्थाले ठुलो आकार लिई सयौंलाई रोजगारी दिइरहेको छ । 

नेकपा (एमाले) को अहिले केन्द्रीय कमिटी सदस्य चौधरी संविधान सभा सदस्यको जिम्मेवारी पनि पूरा गर्नुभएको छ । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सहायक राज्यमन्त्री बन्नुभयो । सोपछि दुई पटक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

समाजसेवा र राजनीतिमा सक्रिय रहनुभएकी सांसद चौधरीले आफ्नो क्षेत्रको गरिब जनताका लागि पाँच सय घर निर्माण गर्ने लक्ष्य आफूले लिएको बताउनुहुन्छ । प्रस्तुत छ सांसद तथा पूर्वमन्त्री भगवती चौधरीसँग गोरखापत्र अनलाइनका नि. सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाहीकेशब गुरुङले लिनुभएको भिडियो अन्तरवार्ता । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।