सर्लाहीको दक्षिणी भेगका युवा धान र अन्य हिउँदे बाली भित्र्याएपछि काम खोज्दै छिमेकी मुलुक भारततर्फ जान थालेका छन्। जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पालिका हिजोआज युवाविहीन बनेका छन्। अब हिउँद यामभर गाउँघरमा खासै काम नपाइने भएपछि युवाको समूह रोजगारीको खोजीमा भारतको पन्जाब, हरियाणा, दिल्लीलगायतको ठाउँमा जान थालेका हुन्।
कैलाली प्रहरीले एक लाख ४२ हजार नक्कली नोट, वन्यजन्तुको हड्डी र जडीबुटीसहित पाँच जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (ख) बाट प्रदेश सभा सदस्य थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । राप्रपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संसदीय दलको प्रमुख सचेतक, सचेतक, सचिवलगायत चयन गर्न बाँकी रहेको जानकारी दिनुभयो । बागमती प्रदेश सभामा राप्रपाको प्रत्यक्ष प्रणालीबाट निर्वाचित सातसहित १३ जना प्रदेश सभा सदस्य रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो ।
आन्तरिक पर्यटकहरू मात्र नभई भारतीय पर्यटकको समेत विशेष रोजाइको गन्तव्य मानिएको इलाम बजार सुनसान देखिएको छ। देशका विभिन्न क्षेत्रबाट विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहको भ्रमण टोली सिजनमा धेरै आउने गरे पनि यो वर्ष इलामको पर्यटकको चहलपहल न्युन छ। इलाममा मङ्सिर र पुसमा आन्तरिक र बाह्य पर्यटकको चहपहल अत्याधिक हुने गर्दथ्यो। यही अवधिमा देशका विभिन्न क्षेत्रका शैक्षिक स्ंस्थाबाट विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहलगायतका भ्रमण टोली आउने गरेका थिए। यो वर्ष भने पर्यटकको चहलपहलमा व्यापक कमी देखिएको छ। इलामका पर्यटन व्यवसायी जनक पौडेलले मङ्सिर महिनामा पर्यटक शून्यजस्तै भएको र पुस महिनाको दोस्रो हप्तासम्म पनि चहलपहल नभएको बताउनुहुन्छ।
छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को सङ्क्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ। खुला सीमाको प्रभावले सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरूको उपस्थितिमा महानगरले अन्तक्र्रिया गरेको हो।
‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधिका रूपमा फार्मेसीबाट कारोबार हुने गरेको छ। चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनका रूपमा बिरामीले प्रयोगमा ल्याउँछन्। औषधि व्यवस्था ऐनअन्तर्गत सञ्चालित फार्मेसी खाद्यपूरक सामाग्री बिक्रीका लागि कानुनसम्मत हुँदैनन्। खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन्। यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ।
यस जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा रहेको जुनीचाँदे गाउँपालिकामा बैङ्क शाखा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । जिल्ला सदरमुकामबाट पैदल दुई दिन लाग्ने दैलेख, सुर्खेत र कालीकोटको सिमानामा पर्ने यस गाउँपालिकामा कृषि विकास बैङ्कले साउनदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
विराटनगरका तीन व्यापारिक तथा औद्योगिक संस्थाले सोमबार नेपाल राष्ट्र बैङ्कको प्रादेशिक कार्यालयअगाडि धर्ना दिँदा दैनिक कामकाज प्रभावित भएको छ । ब्याजदर घटाउन माग गर्दै आन्दोलनरत उद्योगी व्यवसायीले बिहानैदेखि कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् । गत बिहीबारदेखि मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ समिति आन्दोलनमा उत्रिएका हुन् । पाँचसूत्रीय माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगीका संस्थालाई अन्य विभिन्न व्यापारिक सङ्घ र संस्थाको साथ रहेको छ ।
केन्द्रमा बनेको सत्ता साझेदार नयाँ गठबन्धन अनुसार सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश सरकार बन्ने लगभग निश्चित भएको छ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दाे सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताउनुभयो ।
नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले समस्याको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “अर्थतन्त्र यतिबेला सङ्कटको डिलमा छ, यसलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित रूपले अगाडि बढाउन हामीले धेरै मेहनत गर्नुपर्नेछ । दुनियाँका अनुभव र हाम्रा विगतका अनुभवबाट राम्रो शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”
केन्द्रमा सत्ता गठबन्धन टुटेसँगै बागमती प्रदेशको नयाँ सरकार निर्माणका लागि दलहरूको समीकरण फेरिने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका केन्द्रमा रहेको लोकतान्त्रिक वाम गठबन्धन टुटेर नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूको नयाँ सत्ता समीकरण निर्माण भएसँगै बागमती प्रदेशमा सरकार निर्माणमा सत्ता समीकरण फेरिने भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का वडाध्यक्ष विमलप्रसाद पौड्यालले आफ्नो तलब भत्ताबापत पाउने रकमले वडाका विद्यालयलाई कम्प्युटर, प्रिन्टरलगायतका सूचना प्रविधिका सामग्री सहयोग गर्नुभएको छ । मासिक रूपमा निर्वाचित भएयता पाएको तलब भत्ता एक लाख ६० हजार रुपियाँमा अपुग रकम थपेर वडाध्यक्ष पौड्यालले एउटा माध्यमिक र तीन आधारभूत विद्यालयलाई प्रविधिमैत्री सामग्री खरिद गरी सहयोग गर्नुभएको हो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मत माग्ने बेला आफूले तलब भत्ताले सहयोग गर्ने वाचा गरेका हुनाले वडाका विद्यालयलाई प्रविधिमैत्री बनाउन विद्यालयमा एउटा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले तीनवटै जिल्लाको गुरुयोजना निर्माण सुरु गरिएको जानकारी दिनुभयो।